बलिउड स्टारहरुको निक नेम

उपनाम (निक नेम) त्यस्तो नाम हो जो साथीभाइ वा परिवारका सदस्यले प्रेमसँग बोलाउने गर्छन्। सनी र बबी देवलले त उपनामबाटै बलिवुड प्रवेश गरेका हुन्। केही कलाकारका उपनाम निकै प्रसिद्ध छन् जस्तो कि बेबो र लोलो क्रमशः करिना र करिश्माका उपनाम हुन्। ऐश्वर्या रायको उपनाम गुल्लु हो। घरमा उनलाई यही नामले बोलाइन्छ। केटाकेटीमा उनी रसबरी जस्ती थिइन् होला त्यसैले उनलाई गुल्लु भन्न थालियो। प्रियंका चोपडालाई मिमी नामले बोलाइन्छ।

अभिषेक बच्चनले प्रियंकालाई पिगी चप्स नाम दिएका छन्। उनलाई पिसी पनि भनिन्छ। विपाशा बसु बोनी उपनामले चिनिन्छिन्। यसबाहेक पनि उनका धेरै उपनाम छन् बी, बिप्स आदि। तर उनको उपनाम बोनी हो जुन नजिकका मित्रलाई मात्र थाहा छ। अभिनेता अजय देवगनको उपनाम राजु हो। राजु सबैभन्दा प्रचलित उपनाम हो। उनका नजिकका साथीभाइ अजयलाई राजु भनेर बोलाउँछन्। काजोल भने आफ्ना पतिलाई ‘जे’ भन्न मन पराउँछिन्।

रणवीर कपुर रेमन्ड उपनामले चिनिन्छन्। रणवीरलाई उनकी आमा नीतु सिंह रेमन्ड भनेर बोलाउँछिन्। यस्तै अभिनेत्री सुस्मिता सेन टिटु उपनामले चिनिन्छिन्।आलिया भट्टलाई आलु कचालुर बटाटा वडा भनेर बोलाइन्छ। उनकी आमा नै उनलाई आलु कचालु भन्छिन्। कोही बटाटा वडा भनेर पनि बोलाउँछन्।

श्रद्धा कपुर चिरकुट उपनामले परिचित छिन्। श्रद्धालाई यो नाम वरुण धवनले दिएका हुन्। दुवैका बाबुले कही फिल्ममा एकसाथ काम गरेका छन् त्यसैले बाल्यकालदेखि श्रद्धा र वरुणले पनि एकसाथ लामो समय बिताए। त्यही बेलादेखि वरुण श्रद्धालाई चिरकुट भनेर बोलाउँछन्।

ऋतिक रोशनलाई डुग्गु भनेर बोलाइन्छ। राकेश रोशनको उपनाम गुड्डु हो। जब ऋतिक जन्मिए बाबुकै उपनाम उल्ट्याएर उनलाई डुग्गु भन्न थालियो। यस्तै गोविन्दालाई चिची उपनामले चिनिन्छ। एजेन्सी

Namaste Filmy

Read Previous

सलोन र साराको चलचित्र ’सुश्री सम्पति’ नेपाल लगतै बिदेशमा प्रदर्शन हुने

Read Next

आँचल शर्मा र पुष्प खड्काको जोडी ८ तस्बिरमा (फोटो र भिडियो)