देश दौडाहामा "कबड्डी" युनिट नारायणगढमा पत्रकार सम्मेलन

आगामी वैशाख १२ गतेवाट प्रर्दशनमा आउन लागेको हास्य प्रधान चलचित्र कबड्डीले शुक्रबार नारायणगढमा पत्रकार सम्मेलन गरी चलचित्रको वारेमा जानकारी दिएको छ ।
DSC07584पूर्व बाट आफ्नो चलचित्रको बारेमा जानकारी दिदै देश   दौडाहा प्रचार प्रसार गर्दै हिनेको चलचित्र कबड्डी युनिटले शुक्रबार चितवनको नारायणगढमा पत्रकार सम्मेलन मार्फत आफ्नो चलचित्रको बारेमा जानकारी गराएको थियो ।चलचित्रक मुख्य कलाकार दयाहाड्ड राई,राजन खतीवडा लगायत चलचित्रको युनिटले शुक्रबार नै हेटौडामा पनि पत्रकार सम्मेलन गरेको थियो ।शनिबार काठमाण्डौ फर्के लगतै चलचित्र युनिट चलचित्रको प्रचार प्रसारको लागि पोखरा लाग्ने छ ।
DSC07598
आफ्नै मामाको छोरीलाई सिमा नाघेर गरेको प्रेम र त्यो प्रेमकथामा भांजो हाल्न सिमा नाघेरै आईपर्ने सहरीया विचको भिडन्त चलचित्रमा देखाउन खोजीएको छ । चलचित्रकमा सामाजीक प्रेम कथा संगै हास्य प्रधान बिषयबस्तु समेटेको छ । आफ्नो प्रेम प्राप्तीका लागी आईपर्ने समस्याको विषयमा चलचित्र केन्द्रीत रहने चलचित्रका नायक तथा कलाकार दयाहाड्ड राईले जानकारी दिए ।
DSC07587
रामवावु गुरुड्डको कथा, पटकथा, संवाद तथा निर्देशन रहेको चलचित्रमा आधा सुर ब्याण्डको संगीत , कुमार मर्हजनको द्धन्द्ध ,निमेष श्रेष्ठको सम्पादन ,पुरुषोत्तम प्रधान को छायांकन रहेको छ । दयाहाड्ड राई, राजन खतीवडा, निश्चल वस्नेत, रिश्मा गुरुड्ड, लगाएतले अभिनय गरेको चलचित्र आगामी बैशाख शुक्रवारवाट देशभरका ५८ भन्दा वढी सिनेमा घरहरुवाट प्रर्दशनमा आउन लागेको छ ।करिब ५० लाखको लगानी भनिएको चलचित्र कबड्डी मुस्तांगको रमणीय ठाउँ र काठमाण्डौमा छायांकन गरिएको छ ।
DSC07590 DSC07589 DSC07618

Namaste Filmy

Read Previous

दोस्रो हप्तामा "नाई नभन्नु ल २ ', एक हप्ता मा २ करोड बढीको कारोबार

Read Next

'भुतनाथ रिटन्र्र्स'ले एक सातामा कमायो ३० करोड बढी ।