कतारमा हुने फाइनलको लागि ‘द भ्वाइस अफ नेपाल’ को ४ प्रतिस्पर्धी छनोट

 चर्चित सिङगिङ रियालिटी शो ‘द भ्वाइस’ को फ्रान्चाईज शो ‘द भ्वाइस अफ नेपाल’ को फाइनलको लागि ४ प्रतिस्पर्धीहरु छनोट भएका छन् । आईतबार राती सम्पन्न एपिसोडबाट ४ फाइनलिस्ट छनोट भएका छन् । सेमिफाइनलमा प्रवेश गरेका ८ प्रतिस्पर्धी मध्य ४ जना फाइनलका लागि छनोट भएका हुन् । सेमिफाइनलमा ‘द भ्वाइस अफ नेपाल’ का ४ कोचहरुको प्रत्यक टिममा २-२ जना प्रतिस्पर्धीहरु रहेका थिए ।

टिम दिपमा बिबेक वाइबा लामा र सिडी बिजय अधिकारी रहेका थिए । जस मध्य टिम दिपबाट सिडी बिजय अधिकारी फाइनलमा प्रवेश गरेका हुन् भने बिबेक वाइबा लामा सेमीफाइनलबाट नै बाहिरिएका हुन् । यस्तै टिम सनुपमा बिद्या तिवारी र सप्तक दुधराज रहेका थिए । बिद्या र सप्तक मध्य टिम सनुपबाट सप्तक फाइनलमा प्रवेश गर्दा बिद्याको यात्रा सेमिफाइनल सम्म मात्र सिमित भएको हो । टिम अभयामा कुशल आचार्य र श्रेया राई रहेका थिए । टिम अभयाबाट कुशल फाइनलमा प्रवेश गरेका छन् भने श्रेया सेमिफाइनलबाटै घर फर्किएकी छिन् । उता टिम प्रमोदमा रहेका सुशिल गर्तौला र श्रिजय थपलिया रहेकोमा श्रिजय फाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

चार कोचहरुको टिमबाट एक एक जना फाइनलमा प्रवेश गरेक हुन् । बिबेक, बिद्या, श्रेया र सुशिल सेमिफाइनलबाटै बाहिरिए पनि उनिहरुले फाइनलमा आ- आफ्नो प्रस्तुती भने दिन पाउने भएका छन् । फाइनलमा पुगेका ४ प्रस्तिस्पर्धीहरुले हिजो नै आफ्नो प्रस्तुतीहरु दिए सँगै भोटिङ पनि खुल्ला भईसकेको छ । भोटिङ लाईन शुक्रबार राती ८ बजे सम्म खुल्ला हुनेछ ।

https://www.youtube.com/watch?v=Rg6jBOfoCN8&feature=youtu.be

‘द भ्वाइस अफ नेपाल’ को फाइनल यही डिसेम्बर १४ तारिखमा हुनेछ । यसको फाइनल कतारको दोहा स्थित एसियन टाउन ग्रान्डमल सनैयामा हुनेछ । कतारमा रहेका दर्शकहरुले त्यही गएर को लाइभ हेर्न पाउनेछन् भने नेपालमा रहेका दर्शकहरुले ‘द भ्वाइस अफ नेपाल’ प्रसारण हुँदै आएको टिभी च्यानल कान्तिपुर एचडीबाट राती १० बजे पछी हेर्न पाउनेछन् । बिगत ४ महिना देखी सन्चालन हुँदै आएको ‘द भ्वाइस अफ नेपाल’ को बिजेताले नगद २५ लाख सँगै एउटा कार, २० लाख बराबरको एल्बम कन्ट्र्याक पाउनेछन् । यस्तै ४ फाईनलिष्टले वर्ल्ड म्युजिक टुरको मौका प्राप्त गर्नेछन् ।

Namaste Filmy

Read Previous

अनमोल केसीको बहुप्रतिक्षित चलचित्र ‘क्याप्टेन’ को पोष्टर सार्वजनिक

Read Next

साम्राज्ञी र पुष्पलले अभिनय रहेने चलचित्रको नाम ‘मारुनी’