सलिनमान बनिया चलचित्र ’यात्रा ’ को डबिङमा व्यस्त

डेब्यु फिल्म मार्फत नै राइजिङ स्टारको ट्याग पाएका सलिन मान बनिया पछिल्लो समय फिल्म ’यात्रा ’ को डबिङमा व्यस्त छन् । दोस्रो फिल्म मार्फत आफ्नो स्टारडम झनै बढाउने गरि काम गरिरहेका सलिनको डबिङसँगै काम अन्तिम चरणमा पुगेको छ । चकलेटी फेस अनि कोरियन लुक्स भएका कारण उनका फ्यान स्वदेशसँगै विदेशमा पनि उतिकै छन् ।

फिल्ममा सलिनले गरेको डान्स र फाइटको चर्चा यतिबेला टिममा छ । ‘सलिन निकै मेहेनती छन् , उनले आफुलाई बेस्ट देखाउन मेहनत गरेका छन्’ निर्देशक सम्राट शाक्यले बताए । फिल्मको डबिङ गरिरहेका सलिन पनि खुसि छन् । ’हामीले सोचेकै दृश्यलाई पर्दामा देखिरहेको छु’ उनले भने ’फिल्मको लागि टिमले निकै मेहनत गरेका छौ ।’ उनले डबिङकै क्रममा फिल्म पनि हेरिरहेका छन् । ’रमाइलो भईरहेको छ’ सलिन भन्छन ’दोस्रो फिल्ममा आइपुग्दा आफुलाई झनै परिपक्क बनाउदैछु ।

फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै छिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

सम्राट शाक्यको कथा तथा निर्देशन रहने फिल्म कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भईरहेको छ । केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह – निर्माता रहेका छन् ।

फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । यसलाई संजय लामाले खिचेका हुन् ।

फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ भने फिल्म नयाँ वर्षको अवसर पारेर चैत्र २९ मा रिलिज हुनेछ ।

Namaste Filmy

Read Previous

अम्बानीको छोरी बिहेमा सलमानको डान्स

Read Next

बलिउडकी चर्चित गायिका नेहा कक्करको ब्रेकअप