चलचित्र 'जीरो'को गीतमा कट्रिनाको बोल्ड अवतार

शाहरुख खान अभिनित नया चलचित्र ‘जीरो’को नया गीत ‘हुस्न पञ्चम’ सार्वजनिक गरिएको छ । गीतमा कट्रिना कैफको हट डान्स देख्न सकिन्छ । चलचित्रमा कट्रिनाको भूमिका सुपरस्टार हिरोइनको भएको र उनको फिल्म हेर्नको लागि उनका फ्यान शाहरुख खान थिएटरमा गएको कथा गीतमा देखिन्छ ।

गीतमा भूमि त्रिवेदी र राजा कुमारीको स्वर छ । इरशाद कामिलको शब्दमा अजय अतुलले संगीत दिएका छन् । फिल्ममा हिरोइन बबिता कुमारीको भूमिकामा कट्रिना देखिँदैछिन् ।

चलचित्र ‘जीरो’मा शाहरुखका सगै अनुष्का शर्मा, कटरीना कैफको मुख्य भूमिका रहेको छ भने अभिनेता सलमान खान र श्रीदेवी अतिथी भूमिकामा देखिदै छन् ।चलचित्रमा त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको छ । ‘जीरो’लाई आनन्द एल रायले निर्देशन गरेका हुन् ।चलचित्रलाई गौरी खान निर्माण गरेकी हुन् ।फिल्म यही डिसेम्बर २१ मा रिलिज हुँदैछ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘चौका दाउ’को ट्रेलरमा कमेडी नै कमेडी (भिडियो)

Read Next

प्रिया प्रकाश वारियरलाई भारतमा यो वर्ष गूगलमा सबैभन्दा धेरै सर्च