बलिउड नायिका जरीन खानको गाडी दुर्घटना, एकजनाको मृत्यु

बलिउड अभिनेत्री जरीन खानकोकार दुर्घटना भएको छ । दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटना गोवाको मापूसा क्षेत्रमा भएको हो । दुर्घटनामा जरीन घाइते भएकी छिन् । उनलाई पणजीको एक अस्पतालमा भर्ना गरिएको छ । घटना बुधबार राती ६ बजेर २० मिनेटको समयमा भएको बताइएको छ ।

जरीन विदा मनाउनको लागि गोवा पुगेकी हुन् । बेलुका उनी कार लिएर घुम्न जाँदै गर्दा एक मोटरसाइकलसँग उनको कार ठोक्किएको हो । कार निकै तीब्र गतिमा भएको बताइएको छ । ठक्कर लाग्नासाथ मोटरसाइकल सवार ३० वर्षका नितेश गोरलको घटनास्थलमे मृत्यु भएको छ । दुर्घटनाका बेला नितेशले हेल्मेट नलगाएको बताइएको छ । गोवा पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ ।

Namaste Filmy

Read Previous

अनमोल केसीको बहुप्रतिक्षित चलचित्र ‘क्याप्टेन’ को गीत सार्वजनिक(भिडियो)

Read Next

‘जीवन काडा कि फूल’ को पोष्टर सार्वजनिक,चैत २२मा रिलिज हुने