फ्राइडे रिलिजमा : देशभरिका सिनेमा हलमा चलचित्र ‘सुश्री सम्पति’ प्रदर्शनमा

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘सुश्री सम्पति’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘सुश्री सम्पति’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘सुश्री सम्पति’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘सुश्री सम्पति’ प्रदर्शनमा आएको छ।बुधबार भएको विशेष शो मा सबैको तारिफ पाएको चलचित्र ‘सुश्री सम्पति’ लाई सुब्रतराज आचार्यतले निर्देशन गर्नु भएको हो।

चलचित्रमा सलोन बस्नेत , सारा सिर्पाली ,बिनोद न्यौपान, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा सुरेश अधिकारीको संगीत ,कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायाँकन रहेको छ । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहने फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ ।

Namaste Filmy

Read Previous

‘जीवन काडा कि फूल’ को पोष्टर सार्वजनिक,चैत २२मा रिलिज हुने

Read Next

अनमोल केसी अभिनित ‘क्याप्टेन’को गीत युट्युब ट्रेन्डिङको पहिलो नम्वरमा (भिडियो)