अनमोल केसी अभिनित ‘क्याप्टेन’को गीत युट्युब ट्रेन्डिङको पहिलो नम्वरमा (भिडियो)

अनमोल केसी अभिनित नया चलचित्र ‘क्याप्टेन’ को ‘रहर छ सँगै…’ बोलको गीत सार्वजनिक भएको ८ घण्टामा नेपाल युट्युब ट्रेन्डिङको पहिलो नम्वरमा परेको छ । गीत नेपाल लगायत विभिन्न देशमा पनि ट्रेन्डिङ रहने क्रम जारी रहेको छ ।

मुस्ताङमा खिचिएको रोमान्टिक गीतमा अनमोलको अंगालोमा उपासना बोल्ड देखिएको यस गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत, दिग्गज धौलारीको शब्द तथा सुगम पोखरेल र अञ्जु पन्तको स्वर छ ।गीतमा कोरियोग्राफर कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

युट्युबको ट्रेन्डिङ वानमा रहेको यस गीतलाई यो समाचार तयार पर्दा सम्म १८ हजार ५९८ लाईक मिलेको छ भने १ हजार २८२ डिसलाईक मिलेको छ । तिन लाख भन्दा बढी हेरिएको यस गीतमा करिब तिन हजार ५ सय कमेन्ट आएको छ ।

फाल्गुन १७ गते रिलिज हुने चलचित्र ‘क्याप्टेन’लाई सुपर काजल फिल्मस्को ब्यानरमा भुवन केसीले निर्माण गरेको सिनेमालाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । ‘क्याप्टेन’मा जिया केसी कार्यकारी निर्माताको रुपमा रहेकी छन् ।

चलचित्रमा अनमोल केसी र उपासना सिंह ठकुरीका सगै सरोज खनाल, विल्सन बिक्रम राई,प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, बुद्धि तामाङ, रविन्द्र झा, सुर्यमाला खनाल, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।‘क्याप्टेन’मा सामिप्यराज तिमिल्सेनाको कथा , निर्देशक दीवाकर भट्टराई र सामिप्य राज तिमिल्सेनाको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, डिओपी सुदीप बराल, नवराज उप्रतीको छायाँकन, चन्द्र पन्तको द्धन्द्व, दीर्घ राज खड्काको सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिजमा : देशभरिका सिनेमा हलमा चलचित्र ‘सुश्री सम्पति’ प्रदर्शनमा

Read Next

चलचित्र ‘शुभलभ’को फस्टलुकमा हरिहर र कृष्टिन रोमान्टिक अवतारमा