नायिका दिपशिखाले किन मिस गरिन् नायक मौसमलाई (भिडियो)

चलचित्र ‘प्रेमलीला’को दोश्रो गीत सार्वजनिक गरिएको छ । ‘मिस गरे’ बोलको गीत सार्वजनिक गीतको भिडियोमा नायिका दिपशिखा खड्का र नायक मौसम खड्का फिचर्ड छन् ।

सार्वजनिक गीतमा डा कृष्णहरी बरालको शब्द, हरी लम्सालको संगीत रहेको छ भने युवराज चौलागाई र मेलिना राईको स्वर सुन्न सकिन्छ । सार्वजनिक भिडियोमा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको यसअघी फिल्मको फर्स्ट लुक पोस्टर र हिन्दी भर्सनको गीत सार्वजनिक भइसकेको छ ।दीपशिखा खड्का र मौसम खड्कासंगै भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्ममा सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायत रहेका छन् ।

नायिका खड्का कै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले निर्माण गरेको हो । फिल्म माघ २५ बाट देशभर रिलिज हुँदैछ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘शुभलभ’को फस्टलुकमा हरिहर र कृष्टिन रोमान्टिक अवतारमा

Read Next

भीमफेदी गाइज र सृष्टि खडकाको रोमान्टिक शैलीको भिडियो सार्वजनिक