क्रिस्मसको अवसरमा सांगितिक कार्यक्रमको लागि चितवन आउँदै गायक सुशान्त केसी

युवा पुस्ता माझ लोकप्रिय गायक सुशन्त केसी सांगितिक कार्यक्रमको लागि पहिलो पटक चितवन आउने भएका छन् । डिसेम्बर २५ अर्थात यही पौष १० गते क्रिस्मसको अवसरमा टिएस इभेन्ट्सले आयोजना गर्न लागेको ‘सुशान्त केसी लाईभ चितवन’ का लागि उनी पहिलो पटक चितवन आउन लागेको आज नारायणगढमा आयोजित पत्रकार सम्मेलन मार्फत जानाकारी गराईएको छ । हाल अष्ट्रेलिया बस्दै आएका सुशान्त सौराहको लाइन्स डेनमा हुने आफ्नो संगीतिक कार्यक्रमको लागि पहिलो पटक चितवन आउन लागेको आयोजक टिएस इभेन्ट्सका एभेन्ट म्यानेजर बिबेक घलेले बताउनु भयो ।
अष्ट्रेलिया बस्दै आएका सुशान्तले नेपालमा नै पहिलो पटक सांगितिक प्रस्तुती दिन लागेका हुन् । चितवन अघी काठमाडौं र पोखरामा सुशान्तको कार्यक्रम हुनेछ ।सुशान्तको ‘आमा’ ‘मुस्कुराएर’ ‘मायामा’ बोलको गीत निकै चर्चित रहेको छ ।२५ डिसेम्बर अर्थात क्रिस्मसको दिन हुने उक्त सांगितिक कार्यक्रममा स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहनेछ ।
कार्यक्रममा सुशान्त सँगै सुलभ श्रेष्ठ, द नेपालय ब्याण्ड, डिजे डिम्यास, डिजे मनसुन र डिजे सैलेशले पनि पर्फम गर्ने आयोजकले जानकारी दिएको छ । पर्यटकिय नगरि सौराहको लाइन्स डेनमा हुने कार्यक्रमको मुख्य प्रायोजक ओेएसिस एजुकेसन कन्सल्टेन्सी लाइन्सचोक रहेको छ । यस्तै सह प्रायोजकहरुमा रत्न स्टोर्स, द जिएमआई, बाग्लुङ सुन चादी पसल, सिम टिभी चितवन, राइनो मल्टी प्रपोज प्रा लि, सम्बन्ध फेन्सी, सेकेण्ड स्कोप फ्राइड आइसक्रिम, केक बजार, बिग क्याफे र पाथ अवे आदी रहेका छन् ।
यस्तै सेन्ट्रल पार्क रिसोर्ट सौराह कार्यक्रमको होटल पार्टनरको रुपमा रहेको छ भने क्रिजोना नेटवर्क, ईसिएन एभेन्ट्स र ट्रोल चितवन सहयोगी संस्थाको रुपमा रहेका छन् । साँझ ६ बजेबाट सुरु हुने कार्यक्रममा १ हजार भन्दा बढी दर्शकहरुको उपस्थिती रहने आयोजकको अनुमान रहेको छ । सांगितिक कार्यक्रम हेर्नको लागि टिकट दर ५ सय रुपैया तोकिएको छ ।

Namaste Filmy

Read Previous

भीमफेदी गाइज र सृष्टि खडकाको रोमान्टिक शैलीको भिडियो सार्वजनिक

Read Next

अभिनेत्री स्वस्तिमा खड्काको चलचित्र ‘बुलबुल’को टिजर सार्वजनिक (भिडियो)