अभिनेत्री स्वस्तिमा खड्काको चलचित्र ‘बुलबुल’को टिजर सार्वजनिक (भिडियो)

अहिलेकी चर्चित एंव ब्यस्त अभिनेत्री स्वस्तिमा खड्काको लाइसेन्स ट्राफिक पुलिसले खोसेका छन् । तर यो रियल नभई रिल लाइफको कुरा हो । ‘खुद्रा खुद्री माया’ बोलको गीतबाट निकै चर्चा पाईरहेको चलचित्र ‘बुलबुल’ मा स्वस्तिमाको लाइसेन्स खोसिएको हो । चलचित्रको टिजर आज सार्वजनिक भएको छ जहाँ स्वस्तिमाको लाइसेन्स ट्राफिक प्रहरीले खोसेको देखाईएको छ ।

चलचित्रको आज सावजनिक भएको १ मिनेट २९ सेकेण्ड लामो टिजरमा स्वस्तिमालाई टेम्पु चालकको रुपमा देखाईएको छ । टिजरमा अभिनेता मुकुन भुसाल स्वस्तिमाले चलाएको टेम्पुमा चढेको र टेम्पुबाट टाउको बाहिर निकालेको कारण लाइसेन्स खोसिएको देखाईएको छ ।

अविरल थापाले निर्माण गरेको ‘बुलबुल’ लाई बिनोद पौडेलले निर्देशन गरेका हुन् । फाल्गुन ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा स्वस्तिमा र मुकुनका अलावा जोएस पाण्डे, लक्ष्मी बर्देवा आदिको पनि मुख्य अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक पौडेल स्वमले लेखेका हुन् । सुशन प्रजापतीले खिचेको चलचित्रमा अनिमेश सापकोटाको सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

क्रिस्मसको अवसरमा सांगितिक कार्यक्रमको लागि चितवन आउँदै गायक सुशान्त केसी

Read Next

सि.डि.बिजय अधिकारी भए पहिलो 'द भ्वाइस अफ नेपाल'