
शुक्रबार राती कतारमा सम्पन्न चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ फाइनलबाट सि.डि.बिजय अधिकारी पहिलो द भ्वाइस अफ नेपाल भएका छन् । कतारको दोहास्थित एमपी थिएटरमा सम्पन्न ग्राण्ड फिनालेमा सर्वाधिक भोटको आधारमा सिडि विजय अधिकारीले उपाधी पाएका हुन् ।
पहिलो द भ्वाइस अफ नेपालको घोषणा लोकप्रिया हाँस्य कलाकार जोडि धुर्मुस सुन्तलीले गर्नुभएको थियो ।पहिलो द भ्वाइसको उपाधीलाई चुम्दै गर्दा सि डि बिजयले सम्पूर्ण कोच तथा ट्यालेन्टहरुलाई धन्यवाद व्यक्त गरे ।
प्रतियोगितामा चारजना कोचको प्रत्येक टिमबाट अन्तिममा एक/एक जना गरि ‘टप ४’ मा पुगेका थिए । भोटिङका आधारमा भ्वाइस अफ नेपाल घोषणा गरिएको हो ।टप ४ मा पर्नेमा सिडि बिजय अधिकारी, कुशल आचार्य, सप्तक दु्रतराज र श्रिजय थपलिया थिए । फाइनलमा पनि उनीहरुले प्रस्तुती दिएका थिए ।
नेपालको पहिलो ‘दि भ्वाइस अफ नेपाल’ बिजेता भएसँगै अधिकारीले २५ लाख रुपैयाँको नगद पुरस्कारका साथै रु १० लाख बराबरको रेकर्डिङ, एउटा कार साथमा वर्ल्ड टुर प्राप्त गर्नेछन् ।सि.डि.बिजय टिम दिपबाट टप ४ मा परेका थिए ।

