'भुतनाथ रिटन्र्र्स'ले एक सातामा कमायो ३० करोड बढी ।

[dropcap][/dropcap]लिउड महानायक अमिताभ बच्चनको अभिनय रहेका पछिल्लो फिल्म भुतनाथ रिटन्र्स बक्स अफिसमा हिट भएको रिपोर्ट आएको छ । अघिल्लो शुक्रबार अर्थात अप्रिल ११ बाट रिलिज भएको फिल्मले हालसम्म ३० करोड भन्दा बढिको ब्यापार गरेको बताइएको छ ।bhutnathaफिल्मको ओपनिङ सशक्त रुपमा हुन नसकेपनि माउथ पब्लिसिटीले गर्दा ब्यापारमा बिस्तारै उकालो लागेको फिल्म समिक्षकहरुको भनाई छ । फिल्मले प्रदर्शनको सुरुवाती तीन दिनमा १८ करोड कलेक्सन गरेको थियो । त्यस्तै चौथो दिन ४ करोड चार लाख, पाचौ दिन ३ करोड दुई लाख, छैटौ दिन २ करोड पच्चीस लाख र सातौ दिन २ करोड ४५ लाख को कमाई गरेको बताइएको छ । यो शुक्रबार बलिउडमा कुनै ठुला फिल्म रिलिज नभएकाले फिल्मले अझै उल्लेखनीय विजनेस गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन ।
स्मरण रहोस भुतनाथ रिटन्र्स २००८ मा प्रदर्शनमा आएको फिल्म भुतनाथको सिक्वेल हो । फिल्ममा अमिताभ को अलवा बोमन इरानीको पनि मुख्य भुमिका रहेको छ ।

Namaste Filmy

Read Previous

देश दौडाहामा "कबड्डी" युनिट नारायणगढमा पत्रकार सम्मेलन

Read Next

एक्ली प्रियंकालाई र्यापर यम बुद्धको साथ । भिडियो ।