नेपाल आइडलका बिक्रम बरालको स्वरमा 'प्रसाद'को “बरै क्यारी बाचौँला”गीत सार्वजनिक (भिडियो)

सफलताको साथ दोस्रो हप्तामा प्रदर्शन भैरहेको चलचित्र ‘प्रसाद’को नया गीत सार्वजनिक भएको छ । नेपाल आइडलको फाइनलमा पुगेका बिक्रम बरालको स्वर रहेको “बरै क्यारी बाचौँला”बोलको गीत चलचित्र प्रदर्शन भै रहदा सार्वजनिक गरिएको हो । गीतमा सुवास भुषालको शब्द तथा संगीत रहेको छ ।

दिनेश राउतले निर्देशन गर्नु भएको ‘प्रसाद’लाईपत्रकार सुशील पौडेलले लेखेका हुन्। चलचित्रमा विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ ।चलचित्रलाई सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

सन्तान नहुँदा श्रीमान् श्रीमती बिच हुने मानसिक असमझदारी र सम्बन्धमा आउने मानसिक द्द्वन्द नै चलचित्रको कथा हो ।चलचित्रलाई दर्शकले फरक स्वादको भन्दै मन पराएका छन् ।दोस्रो हप्तामा चलचित्र प्रदर्शन हुदै गर्दा निर्माण युनिटले पहिलो हप्ता करिब २ करोडको कलेक्सन गरेको बताएको छ ।

लोकेश बज्रचार्यको सम्पादन रहेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेका हुन् भने संगीत सुवाष भुसाल र कोशिष क्षेत्रीको तथा हिमाल केसीको द्वन्द रहेको छ ।

Namaste Filmy

Read Previous

चलचित्र 'सिम्बा'ले गर्दा दीपिका–रणवीरले हनिमुन मनाउन पाएनन्

Read Next

प्रदिप र जसिता अभिनित 'लिलिबिली' लाई २ दिनमा २० लाख भ्युज