प्रदिप र जसिता अभिनित 'लिलिबिली' लाई २ दिनमा २० लाख भ्युज

हलमा मिश्रित प्रतिकृया प्राप्त गरेको ‘लिलिबिली’ युट्युबमा हिट भईरहेको छ । सिनेमा हलमा प्रदर्शन भएको ८ महिना पछी युट्युबमा सार्वजनिक भएको प्रदिप खड्का अभिनित ‘लिलिबिली’ ले युट्युबमा २ दिनमा २० लाख भन्दा बढी भ्युज प्राप्त गरेको छ । बिहीवार युट्युबमा रिलिज भएको ‘लिलिबिली’ अहिले सम्म २० लाख भन्दा धेरै पटक हेरिएको छ ।चलचित्र अहिले युट्युब ट्रेन्डिङ नम्बर ३ मा रहेको छ ।

हलमा मिश्रित प्रतिकृया पाए पनि चलचित्रले युट्युबमा भने राम्रो प्रतिकृया प्राप्त गरिरहेको छ । ‘लभ स्टोरी’ जनरामा बनेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदिपको अपोजिटमा जसिता गुरुङ रहेकी छिन् । जसिता र प्रदिपको जोडीलाई हलमा जस्तै युट्युबमा हेर्ने दर्शकहरुले पनि निकै रुचाएका छन् । चलचित्रमा प्रदिप र जसिताको अलावा अनुप बिक्रम शाही, सविना श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्ब दत्त र रितेस चाम्सको पनि अभिनय रहेको छ ।

गत बर्षको चैत्र ३० गतेबाट प्रदर्शन भएको चलचित्रलाई गोबिन्द शाही र सुदिप खड्काले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा चन्द्र पन्तको द्वन्द रहेको छ भने एलिस कार्कीको संगीत रहेको छ । चलचित्रलाई सुदिप बरालले खिचेका हुन् ।

Namaste Filmy

Read Previous

नेपाल आइडलका बिक्रम बरालको स्वरमा 'प्रसाद'को “बरै क्यारी बाचौँला”गीत सार्वजनिक (भिडियो)

Read Next

शाहरुख खानले मलाई ‘किस’ गर्नु पाउनु शाहरुखका लागि भाग्य :कट्रिना कैफ