फाल्गुन १७मा ‘जात्रै जात्रा’ रिलिज नहुने, अनमोलको ‘क्याप्टेन’सग ‘दि ब्रेकअप’भिड्न तयार

आशिरमान देशराज जोशी र डेब्यु अभिनेत्री शिल्पा मास्के स्टारर सिनेमा ‘दि ब्रेकअप’को रिलिज डेट पोस्टपोन्ड गरिएको छ । यसअघि पौष २७ गते रिलिज हुने तयारीमा रहेको सिनेमा अब फाल्गुन १७ गतेबाट अलनेपाल रिलिज हुने भएको छ ।यो डेटमा पहिल्यै नै सुपरस्टार अभिनेता अनमोल केसीको नयाँ सिनेमा ‘क्याप्टेन’ र विपिक कार्कीको ‘जात्रै जात्रा’ प्रदर्शनमा आउने तय गरिएको थियो ।

‘जात्रै जात्रा’को छायाँकन सुरु भएको केही समय पश्चात सिनेमाका मुख्यपात्र विपिन कार्की दुर्घटनामा परे पश्चात यो सिनेमाको छायाँकन रोकीएको छ । जसले गर्दा पनि अब उक्त डेटमा ‘जात्रै जात्रा’ प्रदर्शन नहुने पक्का भएकाले पनि उक्त डेटमा ‘दि ब्रेकअप’ले अफ्नो पौष २७ को प्रदर्शन मितीलाई फाल्गुन १७ लाई तय गरिएको हो ।

अब यो मितीमा सुपरस्टार अभिनेता अनमोल केसी र उनलाई नेपाली सिनेमामा डेब्यु गराउने निर्देशक हेमराज बिसीको सिनेमा एक आपसमा जुध्ने पक्का भएसँगै यो खबरले नेपली सिनेमा क्षेत्रमा तरङ्ग पैदा गरेको छ ।

‘दि ब्रेकअप’मा आशिरसँगै शिल्पा मास्के, इच्छा कार्की, सरोज खनाल, रेमनदास श्रेष्ठलाई पनि लिड अभिनयमा छन् । निर्देशक बिसीसँगै रुपक थापा, दीपक खतिवडा र रेणु राणाले सिनेमालाई निर्माण गरेका हुन् । सुरेन्द्र पौडेलको सम्पादन रहेको सिनेमाको छायाँकन नरेन्द्र मैनालीले गरेका छन् । नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको यो सिनेमाको यसअघि रिलिज ‘आज हाम्रो’ र ‘हरपल’ बोलका दुई गीत सार्वजनिक भैसकेका छन् ।

त्यस्तै, दिवाकर भट्टराईको निर्देशनमा तयार भएको क्याप्टेनमा अनमोलसँगै उपसना सिंह ठकुरी, प्रियंका एमवी, प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनालको पनि मुख्य भूमिका रहेको छ।

Namaste Filmy

Read Previous

विवाह पछि प्रियंका चोपडा पहिलो पटक स्टेजमा ठुम्का

Read Next

पशुपति शर्मा र मञ्जु पौडेल को ‘गाह्रो हुन्छ फेरी’को भिडियो सार्वजनिक