
चर्चीत लोक दोहोरी गायक पशुपति शर्मा र गायीका मञ्जु पौडेलको स्वर रहेको नया गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘गाह्रो हुन्छ फेरी’ बोलको गीत डान्सिंग नम्वर सार्वजनिक गीतमा अर्जुन पोखरेलेको संगीत रहेको छ भने गीतको शब्द यादव लम्सालले लेखेका हुन् ।
पशुपति शर्मा पछिल्लो समयका एक बहु चर्चीत गायक हुन,उनी समाजमा घट्ने घटना र बिकृतीलाई समेटेर बढी गीत गाउने गर्दछन,उनका बजारमा आउने हरेक गीतले सफलताको शिखर चुमेका हुन्छन। यस्तै मञ्जु पौडेल पनी एक सफल गायीका हुन बजारमा उनका गीतहरुले पनी राम्रो चर्चा कमाउछन्।
गीतको भिडियोलाई विवेश खड्का निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।गीतको भिडियोमा पशुपती शर्मा र मञ्जुनै देखीएका छन भने साथमा अन्य कलाकारहरुलाई पनि देख्न सकिन्छ ।भिडियोमा छायांकन बिबेक बि.क र सम्पादन बिबेक खड्काले गरेका हुन् ।

