एक्ली प्रियंकालाई र्यापर यम बुद्धको साथ । भिडियो ।

[dropcap][/dropcap]बैलाई थाहा छ, पछिल्लो समय फिल्ममा निकै ब्यस्त बनेकि नायिका प्रियंका कार्की एक्ली हुन । उनले बिहे गरिसकेपछि पनि पतिसंग डिभोर्स गरेर फिल्म खेल्न थालेकी हुन । त्यसैले उनी एक्लो जीवनमै रमाइरहेकि छिन । तर अब भने उनलाई चर्चित र्यापर यम बुद्ध को साथ मिलेको छ ।

हेर्नुहोस भिडियो:

उक्त भिडियो फिल्म आवरण को ओ एस टी गीतको हो । गीतमा प्रियंका कार्कीलाई यम बुद्धले भरपुर साथ दिएका छन । नायिका पछि गायिका बनेकि प्रियंकाको आफ्नै स्वर रहेको गीतमा यमबुद्धले र्याप हानेर साथ मात्र दिएका छैनन, भिडियोमा पनि यी दुवै फिचरिङ छन । केहि दिनअघि मात्र सार्वजनिक गरिएको उक्त गीतलाई छोटो समयमै अत्याधिक रुचाइएको छ । नायिकाको रुपमा चर्चा पाइरहेकी प्रियंकालाई यस गीतले गायिकामा पनि स्थापित गराउन सक्ने देखिएको छ ।awaran
फिल्म आवारणलाई अनिल योञ्जनको निर्माणमा सुवास कोइरालाले निर्देशन गरेका हुन । प्रियंका कार्की, दिब्य देव, शुशिलराज पाण्डे, नरेश पौडेल, अनुभव रेग्मी लगायतको अभिनय रहेको फिल्ममा रहस्यमय कथा रहेको बताइएको छ । फिल्मको सार्वजनिक प्रदर्शन अगामी जेठ २ गतेबाट हुनेछ ।

Namaste Filmy

Read Previous

'भुतनाथ रिटन्र्र्स'ले एक सातामा कमायो ३० करोड बढी ।

Read Next

परम्परागत कु-रीती विरुद्धको चलचित्र 'ठूली' छायाँकनको अन्तिम चरणमा ।