शाहरुख खानको छोरी सुहाना र छोरा आर्यनले बलिउडमा डेब्यू गर्ने

फिल्म जीरोको प्रमोसनमा व्यस्त शाहरुख खानले पछिल्लो समय खुलेर आफ्नो व्यक्तिगत र प्रोफेशनल जीवनको बारेमा बताएका छन् ।बलिउडमा करिब २५ वर्ष बिताएका शाहरुखले एक अन्तरवार्तामा उनका छोराछोरी सुहाना र आर्यनले बलिउडमा डेब्यू गर्ने बताए ।
एक प्रश्नको जवाफमा शाहरुखले भने ‘सुहाना आफ्नो करिअरलाई लिएर प्रस्ट छिन् । उनी अभिनेत्री बन्न चाहन्छिन् । अहिले उनी पढ्दैछिन् । त्यसपछि उनले अभिनय कोर्स गर्नेछिन् यसमा २ देखि ३ वर्ष लाग्नेछ ।’
छोरा आर्यनका विषयमा शाहरुखले भने ‘निर्देशनको क्षेत्रमा उनको रुची छ । उनले पनि ५ देखि ६ वर्षमा पढाइ पूरा गर्नु छ । मलाई लाग्छ कि फिल्ममेकर बन्नुभन्दा पहिले उनले बलिउडका शानदार निर्देशकहरुसँग असिस्टेन्टको रुपमा काम गर्नुपर्छ । यसको लागि करण जौहर सबैभन्दा ठिक छन् । त्यसो त बलिउडमा कैयौं राम्रो निर्देशक अहिले उपलब्ध छन् ।’

Namaste Filmy

Read Previous

प्रमिका पाउन 'एक लाख कोशिस' गर्दै गायक विजय तिवारी (भिडियो)

Read Next

गायिका अन्जु पन्त आफ्नै गीतमा मोडलिंग गर्दै (भिडियो)