गायिका अन्जु पन्त आफ्नै गीतमा मोडलिंग गर्दै (भिडियो)

चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। अन्जु पन्तकै अफिसियल युट्युबमार्फत् सार्वजनिक गरिएको ‘तिमीलाई माया गर्छु’ बोलको गीतमा टेक तामाङको शब्द तथा अजुर्न पोखरेलको संगीत रहेको छ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायिका पन्त आफैँ फिचर भएकी छन्। राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अनिल के. मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

Namaste Filmy

Read Previous

शाहरुख खानको छोरी सुहाना र छोरा आर्यनले बलिउडमा डेब्यू गर्ने

Read Next

चलचित्र ‘दयारानी’ को फस्टुलक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा