चलचित्र ‘दयारानी’ को फस्टुलक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

मंगलबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले माओत्से गुरुङले निर्देशन गर्ने चलचित्र ‘दयारानी’  को प्रदर्शन मिती घोषणा भएको छ । अर्को बर्षको जेष्ठ १० गतेलाई चलचित्रको प्रदर्शन मिती घोषणा गरिएको छ । आज चलचित्रको पोष्टर सँगै प्रदर्शन मिती घोषणा गरिएको हो । चलचित्रको सार्वजनिक पोष्टरमा जेष्ठ १० गतेलाई प्रदर्शन मिती तय गरिएको छ ।चलचित्रको पोष्टरमा मुख्य कलाकारद्द्व दयाह्याङ राई र दिया पुन फिचर्ड रहेका छन् ।  पोष्टरमा दयाह्याङ र दियालाई गाउले परिवेशमा देखाइको छ । पोष्टरमा दयाह्याङलाई रोमान्टिक मुडमा देखाईएको छ भने दिया डोको बोकेर बसेकी छिन् ।
dayarani
माओत्से गुरुङको कथा तथा निर्देशन रहेको ‘दयारानी’ लाई मोहन गुरुङ,न्यु आइटी भेन्चर जापान, किरण गुरुङ र केन्द्र लिम्बुले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा दयाह्याङ र दियाको अलावा बिजय बराल, प्रमिस गुरुङ, शिरिशा कुँवर, नयन गुरुङ,पुस्कर गुरुङ आदिको पनि अभिनय रहेको छ ।
सिने आर्टको प्रस्तुती रहेको चलचित्र माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।रामबाबु गुरुङ र अपिल बिष्ट चलचित्रका कार्यकारी निर्माता हुन् ।

Namaste Filmy

Read Previous

गायिका अन्जु पन्त आफ्नै गीतमा मोडलिंग गर्दै (भिडियो)

Read Next

कंगना रनौतको चलचित्र 'मणिकर्ण‍िका'मा झाँसीकी रानीको अवतारमा (भिडियो)