कंगना रनौतको चलचित्र 'मणिकर्ण‍िका'मा झाँसीकी रानीको अवतारमा (भिडियो)

कंगना रनौतको मुख्य भूमिका रहेको चलचित्र ‘मणिकर्ण‍िका : द क्विन अफ झाँसी’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ ।झाँसीकी रानी बनेकी कगंना यस फिल्मको ट्रेलर निकै दमदार बनेको छ ।ट्रेलरमा उनलाई अंग्रेज विरूद्ध लड्दै गरेको देख्न सकिन्छ । झाँसीकी रानीको गेटअपमा उनको लुक निकै सानदार देखिएको छ । पहिलो पटक उनले लडाकु योद्धाको भूमिका निभाएकी हुन् ।

जनबरी २५ अर्थात माघ ११ गते रिलिज हुने ‘मणिकर्ण‍िका लाई फिल्मका निर्देशक कृष जगारला मुन्डीले फिल्म बीचमा नै छाडेका थिए। यसपछि कंगना रनौटले ४५ दिनको सेड्युलमा फिल्मको केही भागको निर्देशन आफैंले गरेकी हुन् ।

चलचित्रमा कंगनासँगै अंकिता लोखन्डे र अतुल कुलकर्णीको पनि मुख्य भुमिका रहेको छ । चलचित्रमा ड्यानी जिशु सेनगुप्ता, सुरेश उबेरोइ, निहार पाण्डे, मनिश वाधवा लगायत कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रलाई रामेश्वर भगत र सुरज जग्तापले छायांकन गरेका छन् । फिल्ममा १६० वर्ष पुरानो झाँसीकी रानीको कथा समेटिएको छ ।
फिल्मको कथा भि. भियेयन्द्र प्रसादले लेखेका हुन् भने पटकथा प्रशोन जोशीले तयार पारेका छन् । कोरियोग्राफी ब्रिन्दा र सरोज खानको रहेको छ भने संगीत शंकर र इशानको रहेको छ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘दयारानी’ को फस्टुलक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

Read Next

अक्षय कुमार र जोन अब्राहमसग भिड्दै बाहुबली स्टार प्रभास