अक्षय कुमार र जोन अब्राहमसग भिड्दै बाहुबली स्टार प्रभास

बाहुबली स्टार प्रभासका कारण बलिउडका दुई सुपरस्टार अक्षय कुमार र जोन अब्राहमलाई निकै ठूलो नोक्सानी हुने भएको छ । २.० फिल्मबाट हालै निकै ठूलो फड्को मारेका अक्षय कुमारका लागि लगत्तै असहज परिस्थिति सृजना भएको हो ।

अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ र जोन अब्राहमको फिल्म ‘बाटला हाउस’ रिलिज हुने मितिमै प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’को रिलिज मिति तोकिएपछि यी दुई सुपरस्टारमाथि संकटको बादल छाएको छ ।

ट्रेड एनालिस्ट रमेश बालाले ट्वीट गर्दै साहोको रिलिज मिति पनि १५ अगष्टमै तोकिएको जानकारी दिएका छन् । यसअघि नै रिलिज मिति घोषणा गरिएका मिशन मंगल र बाटला हाउस यही मितिमा रिलिज हुँदैछन् ।

साहोलाई सुजितले निर्देशन गर्दैछन् । फिल्ममा प्रभाससँगै श्रद्धा कपुर, ज्याकी श्राफ, चंकी पाण्डे, नील नितिन मुकेश लगायतका स्टार छन् । साहोको बजेट २ सय करोड भएको बताइएको छ । अहिलेसम्म फिल्मको पोस्टर र टिजर रिलिज भइसकेको छ ।

प्रभासको यो फिल्म बाहुबलीपछिको पहिलो फिल्म भएकोले यसले बक्स अफिसमा धमाका मच्चाउने अपेक्षा गरिएको छ । फिल्म हिन्दीमा समेत रिलिज हुने हुँदा यसले बलिउड फिल्मलाई संकट निम्त्याएको हो । बलिउडका ठूला फिल्मसँग एकै दिन रिलिज हुन लागेकोले साहोले पनि चाहेजति स्क्रिन पाउने सम्भावना कम छ ।

Namaste Filmy

Read Previous

कंगना रनौतको चलचित्र 'मणिकर्ण‍िका'मा झाँसीकी रानीको अवतारमा (भिडियो)

Read Next

बोनी कपूरले स्वर्गीय श्रीमती श्रीदेवीको अन्तिम इच्छा पूरा गर्ने