बोनी कपूरले स्वर्गीय श्रीमती श्रीदेवीको अन्तिम इच्छा पूरा गर्ने

बोनी कपूरले आफ्नी स्वर्गीय श्रीमती श्रीदेवीको अन्तिम इच्छा पूरा गर्ने भएका छन् । बोनीले तामिल फिल्म बनाएर तामिल फिल्ममा काम गर्ने श्रीदेवीको सपना पूरा गरिदिन लागेका हुन् ।

श्रीदेवीले अन्तिम फिल्म गर्दै गर्दा तामिल फिल्मका अभिनेता अजीत कुमारसँग काम गर्ने इच्छा व्यक्त गरेकी थिइन् । उनी तामिल फिल्म बनाउन चाहान्थिन् । उनको अधूरो रहरका लागि बोनीले फिल्म ‘पिंक’लाई रिमेक बनाउन लागेका हुन् ।

बोनी कपूरले एक अन्तरवार्तामा भनेका छन्, ‘फिल्मको नाम अहिलेसम्म टुंगो लागेको छैन । अजीतसँग ‘इंग्लिश विग्लिश’ मा काम गरेपछि श्रीदेवीले हाम्रो ‘होम प्रोडक्शन’ को लागि आजीतले कुनै तामिल फिल्म गरुन् भन्ने चाहान्थिन् तर लामो समयसम्म हामीले कुनै पनि कथा पाएनौँ । त्यसपछि अजीतले ‘पिंक’ बनाउने सल्लाह दिए ।’ उनले अगाडि भने, ‘अजीतको सुझाव सुनेर श्रीदेवी तुरुन्तै तयार भएको थिइन् किनकी उनलाई ‘पिंक’ को कथा निकै मन परेको थियो र अजीतले उक्त फिल्म राम्रो बनाओस् भन्ने पनि चाहान्थिन् ।’

Namaste Filmy

Read Previous

अक्षय कुमार र जोन अब्राहमसग भिड्दै बाहुबली स्टार प्रभास

Read Next

गाई पालक किसानको कथामा आधारित चलचित्र ‘गोपी’ को ट्रेलर रिलिज (भिडियो)