परम्परागत कु-रीती विरुद्धको चलचित्र 'ठूली' छायाँकनको अन्तिम चरणमा ।

राजेन्द्र कार्की ।
[dropcap][/dropcap]रम्परागत नेपाली समाजको कुरीती विरुद्धको नारी प्रधान चलचित्र ठूलीको छायाँकन अन्तिम चरणमा पुगेको निर्देशक एभरेष्ट सुर्य बोहराले बताउनु भएको छ । फिल्मको हाल चितवनको थारु बस्ती रहेको विभिन्न ग्रामीण क्षेत्रहरुमा तिब्ररुपमा छयांकन भइरहेको छ । तर चलचित्रका नायक जीवन लुईटेल र निर्देशक स्वयम केहि दिन बिरामी परेको कारण निर्धारित समय भन्दा ढिलो छायाँकन सम्पन्न हुने निर्देशक बोहराले बताउनु भएको छ ।DSC07540चलचित्रमा २०७० का सुपर नायक जीवन लुईँटेल र सुपर नायिका गरीमा पन्तको अभिनय रहेको छ । पाँच वर्षिय बालीका कन्चन ठकुरीको समेत सशक्त अभिनय रहेको यस चलचित्रको लागत ५० लाख नाघ्ने अनुमान गरिएको छ । नेपालको विभिन्न क्षेत्रमा प्रचलनमा रहेको महिला विरुद्धको समाजिक विसंगतीहरु बोक्सी प्रथा, छाउपडी प्रथा जस्ता विषयवस्तु समेटीएको यस चलचित्र सत्यघटना र अनुसन्धनात्मक समाजिक विषयवस्तुमा आधारित रहेको कारण आफु पनि चलचित्रमा लगानी गर्न हौसिएको कार्यकारी निर्माता सुनिल बस्नेतको भनाई छ ।thuli1
चलचित्रका मुख्य निर्माता पुष्कर पन्त हाल अमेरिकामा रहेका छन् । पन्तले केही नेपाली टेली चलचित्रहरुमा र कुनै समयको लोकप्रिय हास्य टेलीसृखला ट्वाक्क टुक्कमा समेत अभिनय गरेर कलाकारको छवी बनाइसक्नु भएको छ । नेपाली चलचित्रहरु पनि हिन्दी चलचित्रहरुसँग प्रतिपर्धामा खरो उत्रनसक्ने उत्कृष्ट चलचित्र निर्माण भई कलाकारहरु समेतको सम्मान बढन सकोस भन्ने चाहना पन्तको छ । चलचित्र ठूलीलाई सोही श्रेणीमा पु¥याउन अझै लगानी थप्न आफु तयार रहेको समेत निर्माता पन्तले टेलीफोन मार्फत बताउनु भएको छ । साथै ठुली चलचित्र सम्पुर्ण नेपाली आमा, दिदी बहिनीहरु तथा दाज्यु भाइहरुको मन छुन सक्ने बन्न सकोस् भन्ने अपेक्षा समेत राख्नु भएको छ ।thuli3बसन्त अधिकारी, सागर घिमिरेको सह निर्देशन रहेको चलचित्रमा द्धन्द्ध निर्देशक सुरेन्द्र बिक्रम शाह रहनु भएको छ । बैशाखको अन्तिम सम्ममा पहिलो चरणको निर्माण कार्य समाप्त भइसक्ने र असोज सम्ममा चलचित्र प्रर्दशनमा आउने पनि निर्देशक बोहराले बताउनु भएको छ । बोहराले निर्देशन गरेका चलचित्रहरुले मनन्य आम्दानी गर्न सफल रहेको थियो भने पछिल्लो चलचित्र मुटुले समेत राम्रो आम्दानी गरेको थियो ।thuli2चलचित्र ूठूलीू मा जीवन लुईँटेल , गरीमा पन्त,बलकलाकार कन्चन ठकुरी ,बिशाल पहरी ,प्रयासी भण्डारी ,सुरेन्द्र बिक्रम शाह ,सुम बोगटी,सम्झना पौडेल,राजेन्द्र कार्की लगायतको अभिनय रहने छ ।सुरेन्द्र बिक्रम शाहको एक्शन ,बसन्त श्रेष्ठको नुत्य,बसन्त सापकोटाको संगीत ,शेर बहादुर लामाको छायांकन ,मित्र गुरुङ को सम्पादन रहने चलचित्र ठुली कथा तथा गीत भने निर्देशक एभरेष्ट सूर्य बोहरा रहेको छ ।thuli

Namaste Filmy

Read Previous

एक्ली प्रियंकालाई र्यापर यम बुद्धको साथ । भिडियो ।

Read Next

'स्पाइडर म्यान' फेरी आउदै ।