गाई पालक किसानको कथामा आधारित चलचित्र ‘गोपी’ को ट्रेलर रिलिज (भिडियो)

गाई पालक किसानको कथामा आधारित चलचित्र ‘गोपी’ को अफिसियल ट्रेलर रिलिज भएको छ । बिलकु लै फरक कथा बस्तु बोकेको चलचित्रको ट्रेलर आज रिलिज भएको हो । सार्वजनिक ट्रेलरमा नेपालमै बसेर केही गर्छु भनी गाईपालनमा लागेको युवाको कथा रहेको छ । एउटा किसानले कृषि गर्दा आईपर्ने समस्यहरु चलचित्रको माध्यमबाट देखाउन खोजिएको छ ।

चलचित्रले आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने सन्देश युवाहरुलाई दिन खोजेको छ । सँग सँगै चलचित्रले किसानको मर्का पनि देखाउन खोजेको छ । चलचित्रको आज सार्वजनिक ट्रेलरले कृषिकहरु चलचित्र हेर्नका लागि उत्साहित हुने देखिन्छ । चलचित्रमा बिपिन कार्की गोपीको भूमिकामा रहेका छन् । यस्तै चलचित्रमा बर्षा राउत र सुरक्षा पन्त अपोजिट रोलमा रहेका छन् ।
दिपेन्द्र लामाको निर्देशन रहेको चलचित्रमा लामा कै कथा रहेको छ । आरोही केसीले निर्माण गरेको चलचित्रमा बिपिन, बर्षा र सुरक्षाको अलावा भोला सापकोटा, अन्कित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमली आदिको पनि अभिनय रहेको छ । सामिप्यराज तिमल्सिनाको स्क्रिनप्ले रहेको चलचित्रलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । श्रीधर पौडेल चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्र माघ १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

Namaste Filmy

Read Previous

बोनी कपूरले स्वर्गीय श्रीमती श्रीदेवीको अन्तिम इच्छा पूरा गर्ने

Read Next

चलचित्र 'न यता न उता'को कमेडी ट्रेलर सार्वजनिक (भिडियो)