नायक पल शाहलाई मोडल अलिशा राईको इशारा मन परे पछि(भिडियो)

गायक झुलेन बरालको स्वरमा रहेको ‘मलाई मन पर्यो’ बोलको गीत भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा  काली प्रसाद बास्कोटाको संगीत रहेको छ भने खेम रिजालको शब्द रहेको छ । गीतको एरेन्ज रिकेश गुरुङले गरेका हुन् ।

गीतको भिडियोमा अहिलेका चर्चित नायक तथा मोडल पल शाह ,अर्की चर्चित मोडल अलिशा राई र पिनक श्रेष्ठलाई फिचरिंग गरिएको छ।गीतको भिडियोमा पललाई एउटा कपडा सिलाउने मास्टरको रुपमा प्रस्तुत गरिएको छ ।

जीवन शाही निर्देशनमा तयार भएको भिडियोलाई केहि फरक रुपमा निर्माण गरिएको छ । उत्सव दाहालको छायांकन रहेको यस भिडियोलाई बिकाश दाहाल सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

प्रदीप खड्का र जसिता गुरुङको चलचित्र 'लभ स्टेशन' चैत १ मा रिलिज हुने

Read Next

‘बाहुबली’ का प्रभासले गर्लान् त बलिउडमा करण जोहरको ‘शुद्धि’ बाट डेब्यू ?