नेपाली नायिका बंगलादेशी चलचित्रमा ।

बंगलादेशी चलचित्र ‘सादा कालो आकाशेर क्यानभासे’ अर्थात मायाको परिचयमा एक नेपाली नायिकाले अभिनय गर्ने भएकि छन । यसअघि नेपाली चलचित्र ढुवानीमा आइटम डान्स गरेकी अर्चना देलालले बंगलादेशी चलचित्रमा अभिनयको अवसर प्राप्त गरेकी हुन । थ्रीलर लभ स्टोरीे यो चलचित्रका लागि नायिका देलाले अडिसनबाट छनौट भएकी हुन् । सोमबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरि यो कुरा औपचारिक रुपमा जानकारी गराइएको हो ।Archanaकरिब ६० प्रतिशत सुटिङ नेपालमा नै गर्ने भनिएको यो चलचित्रको निर्देशन बंगलादेशी निर्देशक तनविन रफिकले गर्नेछन् । चलचित्रलाई नेपालका सुन्दर ठा“उहरु पोखरा र नगरकोटमा चलचित्रको छायांकन गरिनेछ । चलचित्रको लागी विभिन्न नेपाली नायिकाहरुको अडिसन लिएको भएपनि अर्चना सवैभन्दा उत्तम देखिएकी तथा बंगलादेशी नागरिकको अनुहारस“ग उनको अनुहारको बनोट मिल्ने भएकाले चलचित्रमा उनलाई लिईएको निर्देशक रफिकले बताए । चलचित्रको छायांकन मार्च महिनाबाट सुरुवात गरिने छ । स्टारडम इन्टरटेन्मेन्टको व्यानरमा निर्माण्  हुन लागेको यस चलचित्रमा बंगलादेशी नागरिक नतिमिर खालिदले लगानी गर्दैछन ।
स्मरण रहोस अर्चनाले छिट्टै रिलिज हुने ‘दमदार’ मा पनि आइटम नृत्य गरेकी छिन् ।

Namaste Filmy

Read Previous

केदार बढुवाल क्षेत्री बने चितवन आइडल

Read Next

आलोकलाई आफनो फिल्म निर्देशनको जिम्मा दिए सुदर्शनले