
किशोर खतिवडा र सञ्चिता लुईटेलको मुख्य भूमिका रहेको चलचित्र ‘आरोप’को ट्रेलर सार्वजनिक भएको छ ।माघ ११ गते रिलिज हुने ‘आरोप’को ट्रेलरमा किशोर खतिवडालाई एक्सन रुपमा देख्न सकिन्छ ।
अमर ओलीले निर्देशन रहेको ‘आरोप’मा किशोर खतिवडा र सञ्चिता लुईटेल सगै राजन गहतराज, राजु राउत, उद्धव गिरी, रिर्चा थापा, रश्मी भट्ट, दीपिका ढकाल, सुशिल पोखरेल, पे्रम खड्का लगायत कलाकारहरुको अभिनय रहेको छ ।
अमर ओलीले निर्देशन गरेको फिल्मलाई दिनेश पाठक र विजय सापकोटाले निर्माण गरेका हुन् । चलचित्रमा संगीत एस के अधिकारी, गणेश चौधरीको रहेको छ । सानु कुमार मर्हजनको कोरियोग्राफी, कमल राईको द्वन्द्व, विरेन्द्र भट्टको छायांकन, शाहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

