चलचित्र 'द म्यान फ्रम काठमाडौं'को गीत, पोस्टर ,ट्रेलर र रिलिज मिति सार्वजनिक(भिडियो)

बिहिबार राजधानीमा एक कार्यक्रमको बिच चैत १ गतेलाई रिलिज मिति तय गर्दै नेपाली निर्माताले निर्माण गरेको अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौं’को गीत र ट्रेलर सार्वजनिक भएको छ।चलचित्रको गीत, पोस्टर ,ट्रेलर र रिलिज मिति एकसाथ सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरेको ‘आकाशै घुमेर’ बोलको गीतमा प्रमुख कलाकार आना शर्मा र जोसे म्यानुअल फिचर छन्। जेशन कुँवरले संगीत भरेको यस गीतमा कुँवरको साथमा निकिता श्रेष्ठको स्वर रहेको छ। यसका गीतकार पनि कुँवर नै हुन्।गीतमा विजय मानन्धर र पेमा धोन्डुप कोरियोग्राफी रहेको छ।
https://www.youtube.com/watch?v=c_NXIpHAcVY
चलचित्रलाई निर्देशन पेमा धोन्डुप तिब्बतीले गरेका हुन् ।यस चलचित्रमा अमेरिकी कलाकार जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेखको साथमा नेपाली कलाकारहरु नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ ।

कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी फिल्ममा रहेको छ ।पाँच करोड लगानीमा निर्माण भएको यो सिनेमाको छायाँकन लस–एन्जलस र काठमाडौंमा गरिएको छ। सिनेमालाई क्यूएफएक्स सिनेमाज्का प्रमुख नकिम उद्दिनले निर्माण गरेका हुन्।

Namaste Filmy

Read Previous

चलचित्र ‘आरोप’को ट्रेलरमा किशोर खतिवडाको एक्सन अवतार (भिडियो)

Read Next

चलचित्र ‘सयकडा दश’औपचारिक पोस्टर सार्वजनिक