भारतमा फ्लप आमिर खानको ठग्स अफ हिन्दोस्तान चीनमा रिलिज हुदै

आमिर खान ठग्स अफ हिन्दोस्तानको प्रमोटका लागि हाल चीनमा छन् । चीनमा यो फिल्म २८ डिसेम्बरमा रिलिज हुँदैछ ।यो मेगा बजेट तथा मल्टीस्टारर फिल्म भारतमा दिवालीका अवसरमा रिलिज गरिएको थियो । तर, अपेक्षाअुसार चल्न सकेन ।

यस फिल्मलाई औसत समिक्षा प्राप्त भएका थिए । फिल्म चीनमा आगामी वर्ष रिलिज गरिने बताइएको थियो । तर, निर्माताहरु यही वर्ष रिलिज गर्ने सोचमा थिए । त्यसैले उनीहरुले रिलिज डेट म्यानेज गरेका हुन् । आमिरले यही फिल्मको विषयलाई लिएर अडियन्ससँग माफि मागिसकेका छन् ।
सुत्रका अनुसार, आमिर फिल्मको प्रमोशन धेरै गर्दैनन् । उनी यो नीतिअनुसार केही फिल्म काम गरेका थिए । तर, ठग्स अफ हिन्दोस्तानका लागि उनको यो नीतिले काम गरेन । फिल्मले बक्स अफिसमा राम्रो कलेक्शन गर्न सकेन ।
यसैले अब चीनमा उनी फरक फरक सहरमा पुगेर फिल्मको प्रमोशन गर्ने तयारीमा रहेका छन् । उनी पहिला नै केही कार्यक्रममा देखिसकेका छन् ।
फिल्म प्रमोशनका लागि आमिर एक्लै चीन गएका छन् । फिल्ममा भने अमिताभ बच्चन, कैटरीना क्याफ र फातिमा सना शेख पनि छन् ।
आमिरका केही पुराना फिल्म, जस्तै दंगल, पीके र थ्री इडियट्सले चीनको बक्स अफिसमा राम्रो प्रदर्शन गरेका थिए ।यसैले ठग्सका मेकर्स चीनका अडियन्सलाई पनि टार्गेट गरिरहेका छन् ।

यसैबीच यही हप्ताको शुरुमा आकिर ज्याकी चैन र जोनी डेपसँगै देखिए । उनी कलेज पनि भिजिट गर्नेवाला थिए, तर, कलेज प्रशासन र आयोजकबीच भ्रम भएकाले अन्तिम समयमा उनको कार्यक्रम स्थगित भएको थियो ।

Namaste Filmy

Read Previous

नेपाल आइडलका बिजेता रवि ओडको संघर्षका कथा

Read Next

चलचित्र 'रणवीर'को ’तिरिमिरी तिरिमिरी तिन तारा’ गीत सार्वजनिक (भिडियो)