शाहरुखको 'जीरो' भन्दा कन्नड फिल्म 'केजीएफ'को कमाई निकै शानदार

शुक्रबार बाट प्रदर्शनमा आएको शाहरुख खानको चलचित्र ‘जीरो’लाई कन्नड फिल्म ‘केजीएफ च्याप्टर १’ ले ब्यापारमा पछि परेको छ ।शाहरुख खानको जीरोबाट ठूलो अपेक्षा गरिएको भए पनि पहिलो दिनमै यो फिल्म एकै दिन रिलिज भएको कन्नड फिल्म केजीएफभन्दा पछि परेको छ । कन्नड फिल्म ‘केजीएफ च्याप्टर १’ ले पहिलो दिन निकै शानदार सुरुवात गरेको छ ।

फिल्मको ट्रेलर निकै चर्चित भएको थियो र यसको ओपनिङ धमाकेदार हुने अपेक्षा गरिएको थियो । फिल्मले पहिलो दिन २५ करोड कमाइ गरेको भारतीय मिडियाले जनाएका छन् । यो कन्नड फिल्मको इतिहासमै सबैभन्दा ठूलो ओपनिङ हो कन्नड फिल्म ‘केजीएफ च्याप्टर १’ ले पहिलो दिनको कमाइको हिसाबले केजीएफले शाहरुख खानको जीरोलाई उछिनेको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार जीरोले पहिलो दिन २० करोडको कारोबार गरेको छ । शाहरुखको फिल्मले पहिलो दिन फिल्म हेरेका दर्शकबाट पनि धेरै नकारात्मक कमेन्ट पाएको छ । अर्कोतर्फ केजीएफमा पनि ठूलो मात्रामा हिंस्रक दृश्य देखाइएको बताइएको छ ।

Namaste Filmy

Read Previous

चलचित्र 'रणवीर'को ’तिरिमिरी तिरिमिरी तिन तारा’ गीत सार्वजनिक (भिडियो)

Read Next

चलचित्र 'कोपिला' को चितवनमा शुभ मुहुर्त