'स्पाइडर म्यान' फेरी आउदै ।

[dropcap][/dropcap]र्चित हलिउड फिल्म स्पाइडर म्यान को नयां सिरीज द अमेजिङ स्पाइडर म्यान २ रिलिजको तयारीमा रहेको छ । संसारभर अत्यन्तै लोकप्रिय स्पाइडर म्यानको सिक्वेलको रुपमा आउने भएकोले यस फिल्मलाई पनि अत्यन्त रुचाउने अनुमान गरिएको छ ।Spidermanफिल्मले संसारभर लाखौ डलर कमाउने सम्भावना रहेको पनि फिल्मका भारतीय बितरकको भनाई छ । फिल्मलाई कयौ भाषामा स्वराङकन पनि गरिएको छ । हिन्दी, तामिल, चाइनिज, उर्दु, हिब्रु लगायतका भाषाहरुमा फिल्मलाई डबिङ गरिएको छ । यसकारण विश्वका विभिन्न देशमा फिल्मको माग बढने बताइएको छ ।
भारतमा भने फिल्मको बितरण सानी फिल्मसले गर्न सक्ने बताइएको छ । फिल्मको सम्पुर्ण स्वराङकन सोनी फिल्मसले गराएको थिए । स्पाइडर म्यानको यसअघि पनि विभिन्न सिरीजहरु दर्शकमाझ आइसकेका छन र ती सबै फिल्म संसारमै सुपरहिट भएको थिए ।

Namaste Filmy

Read Previous

परम्परागत कु-रीती विरुद्धको चलचित्र 'ठूली' छायाँकनको अन्तिम चरणमा ।

Read Next

रियल लाइफमै दुलाह बने आर्यन सिग्देल । फोटो फिचर ।