
भारतीय टेलिभिजनको रियालिटी शो इन्डियन आइडलको दशौँ संस्करणको विजेता सलमान अलीले जितेका छन्। हरियाणाको मेवातका सलमान अलीले आइतबार भएको फाइनलमा चार प्रतिस्पर्धीलाई पराजित गर्दै रियालिटी शो ‘इन्डियन आइडल’ को १० औँ संस्करणको विजेता बनेका छन् ।
हिमाञ्चल प्रदेशका अंकुश भारद्वाज फर्स्ट रनरअप अंकुश भारद्वाज बने। उपाधि जितेका सलमान अलीले २५ लाख भारतीय रुपैयाँ र कार उपहारमा पाए। दोस्रो भएका अंकुशले पाँच लाख रुपैयाँसहित अन्य उपहार प्राप्त गरे। आइडलको सेकेण्ड रनरअप भने निलाञ्जना रे भइन्। यस्तै नितीनकुमार र विभोर प्रासर चौथो र पाँचौँ स्थानमा पुगे। निलाञ्जना पाँच लाख रुपैयाँ प्राप्त गरिन् भने नितिन र विभोरले तीन–तीन लाख रुपैयाँका साथ अन्य उपहार पाए। फाइनलमा बलिउडका चलचित्र ‘जिरो’ को टिम पुगेको थियो । शाहरुख खान, कटरिना केफ तथा अनुष्का शर्माले फाइनलिस्टलाई शुभकामना दिएका थिए । विशाल ददलानी, नेहा कक्कड तथा जावेद अली निर्णायक रहेको शो सन् २०१८ को जुलाई ७ देखि सुरु भएको थियो ।
सोनी टेलिभिजनको शो दर्शकको मायाका कारण लामो समय चलेको हो । फिनालीमा वरिष्ठ गायकहरु सुरेश वाड्कर, बप्पी लहेरी तथा अलका याग्निकसहित उपस्थित थिए ।
यस्तै शिल्पा सेट्टी र कोरियोग्राफर गीता कपुरले आफूहरुको आउँदै गरेको शो सुपर डान्सर च्याप्टर थ्रीको प्रमोशन पनि गरे ।इन्डियन आइडलको यो सिजन उत्कृष्ट प्रतिस्पर्धीका कारण निकै चर्चित रह्यो ।
यस्तै शोका नियमित निर्णायक अनु मलिकले बिचमै शो छोडेको विषय पनि चर्चामा रह्यो । मलिकमाथि मी टू अभियान अन्तर्गत यौन हिंसाको आरोप लागेको थियो र उनले शो छोडेका थिए । मलिकको ठाउँमा जावेद अली आए ।

