दयाहाङ राई अभिनित चलचित्र ‘आप्पा’को पहिलो गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘आप्पा’को पहिलो गीत सार्वजनिक गरिएको छ ।‘हावा सरर…’ बोलको गीतमा थुप्देन भुटिया र स्निहाश्री थापाको स्वर रहेको छ । गीतमा अनमोल गुरुङको संगीत र उमेश उपमाको शब्द छ । योज्ना प्रधानले कोरियोग्राफी गरेको सार्वजनिक गीतको भिडियो नेपाल-भारतको सिमानामा अवस्थित सन्दकपुरमा खिचिएको हो ।

जेष्ठ २४ गते रिलिज हुने चलचित्र ‘आप्पा’मा बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको सिनेमालाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो अनमोलको डेब्यु निर्देशकिय सिनेमा हो । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता हुन् । ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।
नेपाल रिलिजको एक सातापछि भारतमा समेत प्रदर्शन हुने यस चलचित्रमा मा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ ।

‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।

Namaste Filmy

Read Previous

चलचित्र‘गरुड पुराण’को कमेडी ट्रेलर सार्वजनिक (भिडियो)

Read Next

चितवनमा पुस १६ मा न्यू इयर इभ सांगितिक कार्यक्रम तथा फेशन शो हुदै