'चौका दाउ' को पोष्टरमा यस्ता देखिए कमेडियन कलाकारहरु

पौष २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चौका दाउ’ को पोष्टर सार्वजनिक भएको छ । प्रदर्शन मिती नजिकिदै गर्दा चलचित्रले प्रचार प्रसारको लागि ३ नयाँ पोष्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोष्टरहरुमा चलचित्रका सबै मुख्य कलाकारहरु अटाएका छन् ।


चलचित्रको एक पोष्टरमा मुख्य कलाकारहरु सन्तोष पन्त, विल्सन बिक्रम राई, रबिन्द्र झा र तैयाब शाह जुवामा हारे पछी कारमा नाङगै फरार भएको देखाईएको छ । सोही पोष्टरमा सोनिका केसी पनि अटाएकी छिन् ।

अर्को पोष्टरमा सन्तोष पन्तलाई पन्जाबी भेषमा देखाईएको छ भने तैयब शाहलाई मुस्लिम भेषमा देखाईएको छ । यस्तै विल्सन बिक्रम राईलाई हिमाली भेगमा बस्ने तथा रबिन्द्र झालाई मधेसीको भेषमा देखाईएको छ । यि सबै कलाकारहरु बर्षा राउत प्रती केन्द्रित भएको देखाईएको छ ।

अर्को पोष्टरमा भने चलचित्रका सबै कलाकारहरुलाई समेटिएको छ । बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा र मनोजराज भण्डारीले निर्माण गरेको चलचित्रलाई पुरेन्द्रु झाले निर्देशन गरेका हुन् । चलचित्रलाई दिर्घ गुरुङले खिचेका हुन् भने मित्र गुरुङले सम्पादन गरेका हुन् ।चलचित्रमा अभिमन्यु निरवीको पटकथा रहेको छ ।

Namaste Filmy

Read Previous

चितवनमा पुस १६ मा न्यू इयर इभ सांगितिक कार्यक्रम तथा फेशन शो हुदै

Read Next

चलचित्र ‘ह्याप्पी डेज’ युट्युबमा सार्वजनिक (फिल्म सहित)