चलचित्र ‘ह्याप्पी डेज’ युट्युबमा सार्वजनिक (फिल्म सहित)

निर्देशक मिलन चाम्स निर्देशित चलचित्र ‘ह्याप्पी डेज’ युट्युबमा सार्वजनिक भएको छ । यही बर्षको बैशाख १४ गते प्रदर्शन भएको चलचित्र करिब ७ महिना पछी आज युट्युबमा सार्वजनिक भएको हो ।

युट्युबमा सार्वजनिक भए लगत्तै चलचित्रले निकै राम्रो दर्शक प्राप्त गरिरहेको छ । यस्तै चलचित्रले दर्शकहरुको प्रतिकृया पनि राम्रो प्राप्त गरिरहेको छ । युट्युबमा रिलिज भएको केही घण्टामा नै चलचित्रले २ लाख ४० हजार भन्दा धेरै भ्युज प्राप्त गरिसकेको छ भने ९ हजार भन्दा धेरै लाइक्स प्राप्त गरिसकेको छ ।

यस्तै युट्युबमा चलचित्र हेरेका दर्शकहरुले राम्रो प्रतिकृया दिईरहेका छन् । यस अघी हलमा भने चलचित्रले मिश्रित प्रतिकृया प्राप्त गरेको थियो । हलमा चलचित्रले अपेक्षा गरे अनुसारको दर्शक भने प्राप्त गर्न सकेको थिएन ।

बिपी खनाल, भवानी शर्मा र हिरल जोशी र निर्देशक चाम्सद्वारा संयुक्त रुपमा निर्मित चलचित्रमा दयाह्याङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, बिक्की जोशी, जेनिहा लिम्बु आदिको अभिनय रहेको छ । सम्राट बस्नेतको द्वन्द रहेको चलचित्रलाई राम कुमार केसीले खिचेका हुन् ।

Namaste Filmy

Read Previous

'चौका दाउ' को पोष्टरमा यस्ता देखिए कमेडियन कलाकारहरु

Read Next

चलचित्र ‘अनागत’को गीतमा नायिका प्रियंका कार्कीको स्वर (भिडियो)