चलचित्र ‘अनागत’को गीतमा नायिका प्रियंका कार्कीको स्वर (भिडियो)

चलचित्र ‘अनागत’को गीत सार्वजनिक गरिएको छ । गीतमा नायिका प्रियंका कार्कीको स्वर रहेको छ । ‘कसलाई पोखुँ…’ बोलको गीतमा प्रियंकालाई स्वरमा सुरजसिंह ठकुरीले साथ दिएका छन् । सुरज र साम्तेन भुटियाको शब्द रहेको गीतमा सुरजले नै संगीत भरेका छन् ।

माघ ११ गते प्रदर्शन हुने चलचित्रको ‘अनागत’को सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की स्वयम् र अर्पण थापा फिचर्ड छन् ।

साम्तेन भुटियाले यस चलचित्रलाई निर्देशन गरेका हुन् । सस्पेन्स थ्रिलर जानरामा निर्माण भएको सिनेमामा अर्पण थापा र प्रियंका कार्कीका अलवा प्रविण खतिवडा र रोशिन सुवेदी मुख्य भूमिकामा छन् । माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘अनागत’ श्रीमान् श्रीमतीबीच घर व्यवहार सञ्चालनका क्रममा हुने द्वन्द्वलाई देखाइएको छ ।

यस चलचित्रलाई समीर उपाध्याय, चन्द्र कुमार झा, स्व निलु डोमा शेर्पा र निर्देशक भुटियाले मिलेर निर्माण गरेका हुन् । सिनेमालाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र साम्तेन भुटियाले पटकथाको स्वरूप दिएका हुन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘ह्याप्पी डेज’ युट्युबमा सार्वजनिक (फिल्म सहित)

Read Next

चितवनमा 'छमछमी ४’ को अडिसन बाट ४७ जना छनोट