चितवनमा 'छमछमी ४’ को अडिसन बाट ४७ जना छनोट

नेपाल टेलिभिजनबाट निर्मित मेगा नृत्य सो रियो छमछमी ४ को चितवन अडिसन सम्पन्न भएको छ । नारायणी रिसोर्ट नारायणी किनारमा सोमबारबाट सुरु भएको अडिसन आज सम्पन्न भएको हो । सोमबार र मंगलबार गरी २ दिन सम्म चलेको अडिसनमा चितवन र यस जिल्ला अवपरका प्रतिस्पर्धीहरुको उल्लेखनिय सहभागीता रहेको थियो । अडिसनमा चर्चित नायिका संचिता लुईटेल र कोरियोग्राफर रेनु तामाङ निर्णायकको रुपमा रहेका थिए ।
सोमबारबाट सुरु भएको अडिसनबाट २ दिनमा गरी कुल४७ जना छनोट भएका छन् । सोमबार २५ जना छनोट भएका थिए । आज मंगलबार २२ जना छनोट भएका हुन् । सोमबार र मंगलबार गरी छनोट भएका सबै ४७ जना मेगा अडिसन राउण्डमा प्रवेश गर्न सफल भएका छन् । छनोट भएका सबै प्रतिस्पर्धीहरुलाई मेगा अडिसनका लागि काठमाडौं लगिने कार्यक्रम निर्माता निता सापकोटाले जानकारी दिइन् ।
प्रतियोगिताको दोस्रो चरण मेगा राउण्डको अडिशन नेपाल टेलिभिजनको केन्द्रीय कार्यलय सिंहदरबारमा नै गरिने छ । नेपाल टेलिभिजनले २०६६ बाट मेगा रियालिटी सो रियो छमछमी निर्माण तथा प्रशारण गर्दै आएको छ ।
प्रतियोगितामा प्रथम हुनेले अल्टो केटेन कार, दोस्रो हुनेले पाँच लाख बराबरको एलजीका सामान, तेस्रो हुनेले तीन लाख बराबरको एलजीका सामान तथा पुरूकार प्राप्त गर्नेछन् । साथै प्रतियोगिताका सात जनालाई एक लाख बराबरको गीफ्ट ह्याम्पर प्रदान गरिने सापकोटाले जानकारी दिइन् । प्रत्येक शनिबार ८:५० बजे नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम छमछमीमा प्रख्यात नृत्य निर्देशक महेश गोदार, अभिनेत्री मिथिला शर्मा र नायिका सञ्चिता लुईटेल निर्णायकको भूमिकामा रहेका छन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘अनागत’को गीतमा नायिका प्रियंका कार्कीको स्वर (भिडियो)

Read Next

चलचित्र 'गोपी'को ट्रेलर हेरेर कविता लेखौ नगद पुरस्कार जितौ