चलचित्र प्राविधिक संघको अध्यक्षमा पुनः पुष्कर लामा

बुधबार सम्पन्न नेपाल चलचित्र प्राविधिक संघको १५ औं वार्षिक साधारण सभा अध्यक्ष पदमा पुनः पुष्कर लामा निर्वाचित भएका छन् । लामालाई दोश्रो पटक अध्यक्ष पदमा निर्विरोध रुपमा चयन गरेको हो ।

प्राविधिक संघको कोषाध्यक्ष पदमा सुष्मा पौडेल निर्विरोध रुपमा चयन भएकी छिन् । उपाध्यक्ष पदमा विनोद लामा र अर्जुन प्रसाद पोखरेल विजयी भएका छन् । संघको महासचिव पदमा शालिगराम दुलाल, सचिव पदमा दिव्यराज सुवेदी विजयी भएका छन् ।
रामेश्वर कार्की, पिताम्बर पाण्डे, शोभा श्रेष्ठ, नवराज उप्रेती, देवराज गुरुङ, कृष्णबहादुर थापा, साहिल खान, दुर्गा प्रसाद पौडेल, सरोज वुढाथोकी, कमलप्रसाद मिश्र र माधव प्रसाद थपलिया सदस्य पदमा विजयी भएका छन् । बुधबार राती मात्रै प्राविधिक संघको निर्वाचन सम्पन्न भएको थियो ।

Namaste Filmy

Read Previous

चलचित्र ‘जानी नजानी’को पहिलो गीत सार्वजनिक (भिडियो)

Read Next

चलचित्र ‘एक लडकी को देखा तो ऐसा लगा’को ट्रेलर रिलिज (भिडियो)