निर्मात्री शर्मिला पाण्डेले बनाउने चलचित्र ‘घर’को घोषणा

बिहिबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘घर’को घोषणा गरिएको छ ।पूर्णतया हरर कथामा निर्माण हुने चलचित्र ‘घर’लाई ई डीएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् ।

माघमा छायांकन सुरु गरिने यस चलचित्रलाई अर्पण थापाले निर्देशन गर्दैछन् । निर्देशक थापाले भने–‘यो चलचित्रले दर्शकलाई पूर्ण रुपमा तर्साउनेछ ।’ चलचित्रमा सन्तोष अधिकारीको सह–लगानी रहनेछ । निर्मात्री पाण्डेले डीएस डिजिटलले प्राविधिक उपकरण वितरणको साथमा चलचित्र पनि निर्माण गर्ने बताइन् । बर्षमा एउटा चलचित्र निर्माण गर्ने योजना आफूहरुको रहेको उनले बताइन् ।

चलचित्रका लागि २ नायिकाको खोजी भैरहेको निर्माणपक्षले बताएको छ । कार्यक्रममा बोल्दै डीएस इन्टरटेन्मेन्टका एक सदस्य दीपेन्द्र के खनालले कथावस्तु राम्रो रहेकाले पनि लगानी गर्न लागेको बताएका थिए ।

एउटा ‘घर’ भित्र हुने घटनालाई चलचित्रले सस्पेन्स पारामा प्रस्तुत गर्नेछ । अर्पण थापाले नै चलचित्रको कथा लेखेका हुन् । कार्यक्रममा निर्माता माधव वाग्लेले चलचित्र सफलताको शुभकामना दिएका थिए । डीएस डिजिटलमा कलाकार सुरज पाण्डे पनि आवद्ध छन् ।

Namaste Filmy

Read Previous

फागुन २४ मा आउने भयो चलचित्र ‘अदालत’,फष्टलुक सार्वजनिक

Read Next

नायिका रिमा बिश्वकर्मा अभिनित गीत ’तिम्रो त्यो’को भिडियो सार्वजनिक