नायिका रिमा बिश्वकर्मा अभिनित गीत ’तिम्रो त्यो’को भिडियो सार्वजनिक

नायिका रिमा बिश्वकर्मा अभिनित नयाँ म्युजिक भिडियो ’तिम्रो त्यो’ सार्वजनिक भएको छ ।भिडीयोमा रिमालाई मोडल जिबन भट्टाई र जोर्डनराज भण्डारीले साथ् दिएका छन् ।जहाँ उनि प्रेम पिडामा परेकी छिन् ।

प्रेम र बिछोडको कथामा बनाइएको भिडियो निकै मन छुने बनेको छ । सार्वजनिक गीतमा हाइ क’मार राइको शब्द, निरोज लामाको संगीत र गायिका मिलन अमात्यको स्वर सुन्न सकिन्छ ।

भिडियोलाइ निर्देशन भने सोनम पाख्रिनले गरेका हुन् । भिडियोमा सुशिल न्यौपानेको सम्पादन, बिमला तामांगको मेकअप र उत्सब दाहालको छायाँकन देख्न सकिन्छ ।

Namaste Filmy

Read Previous

निर्मात्री शर्मिला पाण्डेले बनाउने चलचित्र ‘घर’को घोषणा

Read Next

सुदर्शन थापा निर्देशित 'रामकहनी' अमेरिकामा प्रदर्शन हुँदै