सुदर्शन थापा निर्देशित 'रामकहनी' अमेरिकामा प्रदर्शन हुँदै

घरेलु बजारमा सुखद ब्यापार गरेको चलचित्र ‘रामकहनी’ अब अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । नेपालमा प्रदर्शन भएको करिब ४ महिना पछी चलचित्र अमेरिकामा प्रदर्शन हुन लागेको हो । सुदर्शन थापा निर्देशित चलचित्र ‘रामकहनी’ २०१९ को जनवरी देखी अमेरिकाको बिभिन्न सहरमा प्रदर्शन हुँदैछ । चलचित्र अमेरिकाको न्युर्योक, सिकागो, बाल्टिमोर, भर्जनिया जस्ता ठुला सहरहरुमा प्रदर्शन हुने भएको हो ।

भदौ २२ गते बाट अलनेपाल रिलिज भएको चलचित्रले घरेलु दर्शकबाट राम्रो प्रतिकृया प्राप्त गरेको थियो । चलचित्रले घरेलु बजारमा ब्यापार पनि राम्रै गरेको थियो । सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा केदार प्रसाद घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे) पूजा शर्मा, आकाश श्रेष्ठ, विल्सन बिक्रम राई, रबिन्द्र झा राजाराम पौडेल, बिशाल पहारी, शोभित बस्नेत शिशिर राणा, सुनिता श्रेष्ठ ठाकुर लगायतको मुख्य अभिनय रहेको छ ।

चलचित्रलाई निर्देशक थापा र अभिनेत्री शर्माले संयुक्त रुपमा निर्माण गरेका हुन् । सौरभ लामाले खिचेको चलचित्रलाई बनिश शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

नायिका रिमा बिश्वकर्मा अभिनित गीत ’तिम्रो त्यो’को भिडियो सार्वजनिक

Read Next

सलमान खानले बर्थ डे मा यसरी नाचे सुस्मितासँग (भिडियो)