बलिउड अभिनेता कादर खानको दिमागले काम गर्न छाड्यो, भेन्टिलेटरमा राखेर उपचार


बलिउडका अभिनेता एवं हास्यकलाकार अस्पतालमा भर्ना छन् । उनको अवस्था नाजुक छ । उनलाई भेन्टिलेटरमा राखिएको छ ।
साथै प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअर्डरका कारण दिमागबाट संचालित हुने गतिविधिसमेत प्रभावित भएको छ । इन्टरटेनमेन्ट वेबसाइट स्पटब्वईको खबर अनुसार यो जानकारी कादर खानका छोरा सरफराज खानले दिएका हुन् ।
लामो समयदेखि क्यानडामा छन् कादरः
कादर खान पछिल्लो थुप्रै वर्षदेखि क्यानडामा आफ्ना छोरा–बुहारी सरफराज र शाइस्तासँग बसिरहेका छन् । सरफराजका अनुसार डाक्टरको एक समूहले कादर खानको स्वास्थ्यमा लगातार हेरबिचार गरिरहेका थिए तर उनलाई एक्कासी सास फेर्न समस्या भएका कारण बाइपेप भेन्टिलेटरमा राखिएको छ ।
के हो पिएसपीः
प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी ९पिएसपी० एक असामान्य मस्तिष्क विकार हो जसले शरिरको गति, हिँड्नका लागि हुनुपर्ने सन्तुलन, निल्ने, हेर्ने, मनोदशा र व्यवहारका साथै सोचलाई प्रभावित गर्छ । मस्तिष्कका तन्तु नष्ट भएका कारण यस्तो हुन्छ ।
यस्तो छ कादर खानको स्थितीः
खबरका अनुसार कादर खान कहिले होसमा आउँछन्, कहिले यताउती हेर्छन् । उनले कुराकानी गर्न बन्द गरेका छन् । उनमा निमोनियाको लक्षण पनि देखिएको छ । उनको स्थिती नाजुक छ ।
कादरका छोराले उनको सन् २०१७ मा घुँडाको शल्यक्रिया गराएको पनि जानकारी दिए ।

Namaste Filmy

Read Previous

हरेक बर्ष नेपाली फिल्ममा आधा अर्ब डुब्छ

Read Next

सलमानलाई कसरी चिन्ने ??