सलमानलाई कसरी चिन्ने ??


बलिउडका दबंग सलमान खान बिहीवार आफ्नो ५३ औं जन्मदिन मनाए । जिन्दगीको ५२ औं बसन्त पार गरिसकेका उनको जिन्दगीमा कयौं उचारचढाव आए तर उनले हरेक मुश्किलको डटेर सामना गरे । सलमान बलिउडका टप स्टार्समध्ये एक हुन् ।
सलमानको जन्म इन्दौरको कल्याणमल नर्सिङ २७ डिसेम्बर १९६५ मा बिहान १० बजेर ४५ मिनेटमा भएको थियो । उनको वास्तविक नाम अब्दुल रशीद सलीम सलमान खान हो । सलमानलाई धेरैले ुप्रेमु, ुसल्लू भाईु, ुभाईजानु, ुसुल्तानु जस्ता उपनामले पुकार्ने गर्छन् ।
सलीम खान, सलमानका पिता हुन्, जो बलिउडका चर्चित स्क्रिप्ट राईटर समेत हुन् । उनको आमाको नाम सुशीला चरक हो । पूर्व अभिनेत्री हेलेन उनको सौतेली आमा हुन् । उनका दुई भाई छन् अरबाज खान र सोहिल खान, जो बलिउडका नाम चलेका कलाकार हुन् । यस्तै, सलमानका दुई बहिनी छन्, जसको नाम अलवीरा र अर्पिता हो ।
अध्ययन
सलमान खानको अध्ययन सिन्धिया स्कूल, ग्वालियरबाट भएको थियोे, जहाँ उनी आफ्नो भाई अरबाज खानसँग पढ्ने गर्थे । यसपछि उनले बाँकीको अध्ययन मुम्बईको बान्द्रा क्षेत्रमा रहेको सेन्टस्ट्यानिसलस हाईस्कूलबाट गरेका थिए ।
करिअर
सलमान खानले आफ्नो करिअरको सुरुवात सहायक भूमिकाबाट गरेका थिए । उनको डेब्यू फिल्म ुबीवी हो तो ऐसीु थियो । ुमैंने प्यार कियाु मा उनले पहिलो पटक मुख्य भूमिकामा काम गरे, जुन फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो । उनको फिल्म ुहम आपके हैं कौनु ले सबैको दिल जित्यो भने फिल्म ुतेरे नामु मा उनको अभिनयको सर्वत्र तारिफ भयो ।
यसपछि उनले कयौं फिल्ममा काम गरे तर पछिल्लो समय उनका प्रत्येक एक्सन फिल्मलाई दर्शकले खुब रुचाउँदै आएका छन् । फिल्म ुवान्टेडु पछि उनले लगातार बलिउडमा हिट फिल्मको झन्डा गाडेका छन् । उनको पछिल्लो रिलिज फिल्म ुरेस ३ु हो, जुन बक्सअफिसमा फ्लप भएको थियो ।
सुपरहिट फिल्म
ुमैंने प्यार कियाु, ुपत्थझर के फूलु, ुसाजनु, ुअन्दाज अपना अपनाु, ुहम आपके हैं कौनु, ुकरन अर्जुनु, ुखामोशीु, ुजुडवाु, ुप्यार किया तो डरना क्या ु, ुबन्धनु, ुबीवी नं १ु, ुहम दिल दे चुके सनमु, ुहम साथ साथ हैुं, ुदुल्हन हम ले जाएंगेुं, ुतेरे नामु, ुगर्वु, ुमुझसे शादी करोगीु, ुनो इन्ट्रीु, ुक्योंकिु, ुपार्टनरु, ुदबंगु, ुबडीगार्डु, ुएक था टाइगरु, ुदबंग २ु, ुकि‍कु, ुसुल्तानु, ुबजरंगी भाईजानु र ुप्रेम रतन धन पायोु बाट सलमान बलिउड इन्डष्ट्रीमा सुपरहिट भएका थिए ।
सलमानले सम्हाले कयौं सेलिब्रेटीको जिन्दगी
सलमान खानको फ्रेन्ड सर्कल निकै ठूलो छ । उनले बलिउडमा कयौं नयाँ अनुहार दिएका छन् । उनले कयौं सेलिब्रेटीलाई बलिउडमा लञ्च गरेका छन् । उनीहरुको करिअर बनाएका छन् । सलमानले सोनाक्षी सिन्‍हा, सूरज पंचोली, अथिया शेट्टी जस्ता स्‍टार किड्सलाई लञ्च गरे ।
यस्तै, जरीन खान, कटरीना कैफ, स्नेहा उलाल र डेजी शाहलाई उनले नै बलिउडमा भित्राएका थिए । उनले आफ्ना ज्वाइँ आयूष शर्मालाई ुलभरात्रीु बाट बलिउडमा लञ्च गरेका छन् । अब उनी प्रनूतन बहललाई जाकिर इकबालको अपोजिटमा लञ्च गर्ने तयारीमा छन् । प्रनूतन बहल उम्दा कलाकार नूतनकी नातिनी हुन् ।

Namaste Filmy

Read Previous

बलिउड अभिनेता कादर खानको दिमागले काम गर्न छाड्यो, भेन्टिलेटरमा राखेर उपचार

Read Next

लोकगायक बुद्धिकृष्ण लामिछानेको ६३ वर्षको उमेरमा निधन