
गएको असार २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘बोबी’ को सिक्वेलको औपचारिक घोषणा गरिएको छ।शनिबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘बोबी २’ निर्माणको अफिसियल घोषणा गरिएको छ । ‘बोबी २’लाई पनि मिलन चाम्सले निर्माण तथा निर्देशन गर्नेछन्।‘बोबी २ मा कविता गुरुंग, उमेश थापा, छोरा एलिश थापा र कलाकार विजय लामाको अभिनय रहनेछ ।
‘बोबी २ मा उमेशको संघर्ष र सफलताको कथा हुनेछ’, निर्माता तथा निर्देशक चाम्सले सिनेमा बारे भने, ‘उमेशको संघर्षका कथा साँच्चै रोचक छ ।पहिलो भागमा अटाउन नसकिएको उमेश र कविताको कथा पनि देखाइने निर्देशक चाम्सले बताए । उनी भन्छन्, ’परिवारको आर्थिक अवस्था कमजोर हुँदा उमेशले बाल्यकालमा गरेको संघर्ष र नर्वे पुगेपछि गरेको संघर्ष र सफलताको कथामा सिनेमा केन्द्रित हुनेछ ।’ निदेशक चाम्स थप्छन्, ’पहिलो पार्टले दर्शकलाई इमोसनल बनाएको थियो । भने ’बोबी २’ ले दर्शकलाई संघर्ष गर्न प्रेरणा दिनेछ ।’
चलचित्रका मुख्य कलाकार उमेशले आफ्नो कथाले गरिब परिवारमा हुर्किएर संघर्ष गरिरहेका मानिसलाई ’इन्स्पायर्ड’ गर्न सकेको खण्डमा आफूले गरेको मेहनतलाई सफल भएको मान्ने बताए । यस्तै कार्यक्रममा छोरासहित उपस्थित कविताले भने उमेशको कथा पर्दामा हेर्न आफू पनि आतुर रहेको बताइन् । उनले भनिन्, ’उमेशले बाल्यकालमा आर्थिक अवस्था कमजोर भएका कारण विद्यालयको शुल्क बुझाउन नसकेर शिक्षकले बेन्चमाथि उभ्याएको कुरा सुनाउदा म निकै भावुक हुन्छु । अब त्यो सबै कुरा पर्दामा आउँदैछ, म निकै उत्साहित छु ।’
उमेश थापा र कविता गुरुङको रियिल स्टोरीमा निर्माण भएको ‘बोबी’ले नेपालको केहि सिनेमा घरमा राम्रो व्यापार गरेको थियो । पहिलो हप्ता कमजोर व्यापार गरे पनि दोस्रो हप्ताबाट सिनेमाले बक्सअफिसमा ’पिकअप’ लिएको थियो । चैत दोस्रो साताबाट छायांकन सुरु हुने सिनेमा ‘बोबी २’मा उमेशको संघर्ष र सफलताको कथामा केन्द्रित हुनेछ ।
स्क्रिप्ट नरेश भट्टराई र गिरीराज घिमिरेको रहनेछ ।चाम्स इन्टरटेनमेन्टको ब्यानरमा बन्ने सिनेमा बोबी २ चैतको पहिलो साताबाट फ्लोरमा जानेछ। सिनेमाको छायाँकन नेपाल र नर्वेमा हुनेछ। ‘बोबी २’मा सुदीप बरालको डिओपी र नवराज उप्रेतीको छायांकन रहने छ । भने सिनेमालाई बनिष शाहले सम्पादन गर्नेछन् ।

