भ्रष्टचारले गर्दा प्रेममा असर, ‘१०० कडा १०’ को ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘१०० कडा १०’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंको सिभिल मलको आज एक कार्यक्रम बिच चलचित्रको ट्रेलर रिलिज गरिएको हो । सार्वजनिक ट्रेलरमा प्रेम र भ्रष्टचारको कथा देखाईएको छ । चलचित्रको ट्रेलरमा भ्रष्टचारले गर्दा दुई प्रेमीको प्रेममा परेको असरलाई देखाईएको छ । यस्तै भ्रष्टचार गर्दा समाजमा पर्न जाने असर र भ्रष्टचारीले भोग्नु परेको सामाजिक तिरस्कारलाई चलचित्र मार्फत देखाउन खोजिएको छ ।

चलचित्रमा राजाराम पौडेलले भ्रष्टचारी बुवाको भूमिका निभएका छन् भने मनोज गजुरेलले एक ईमान्दार ब्यक्तीको भूमिका निर्वाह गरेका छन् । चर्चित हास्य कलाकार गजुरेलले यही चलचित्रबाट डेब्यु गरेका हुन् । एक भ्रष्टचारी कर्माचारीको छोराले ईमान्दार ब्यक्तीको छोरी सँग प्रेम गर्दा प्रेममा परेको असर ट्रेलरमा देखाईएको छ ।

माघ १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको रामशरण पाठक निर्देशित चलचित्र ‘१०० कडा १०’ ले भ्रष्टचार अन्त्य गरौ भन्ने सामाजिक कथा बोकेको छ । दर्शन नेपाल कृयसनको प्रस्तुती रहेको चलचित्र ‘१०० कडा १०’ लाई रज्जु प्रधान उत्तम खत्री, डि आर उपाध्याय र सन्जिव न्यौपानेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।चलचित्रमा निर्मात्री प्रधानको कथा रहेको छ । चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल, रवि डंगोल, अमृत ढुंगाना, करुना श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोख्रेल, सोनिया राई आदिको मुख्य अभिनय रहेको छ ।अभिनेत्री करुना र अभिनेता उत्सवको पनि यो डेब्यु चलचित्र हो । चलचित्रको लागि सोनिया राई वर्माबाट नेपाल आएकी थिईन् ।

राजाराम पौडेल कार्यकारी निर्माता रहेको चलचित्रको सह निर्माताहरुमा निरौला सँगै बालकृष्ण घिमिरे र साजन थापा रहेका छन् । चलचित्रलाई रमेश्वर कार्कीले छांयाकन गरेका हुन् भने बनिश शाहले सम्पादन गरेका हुन् । चलचित्रमा डि आर उपाध्याय, राम शरण पाठक र रवि मल्लको शब्द, कल्यान सिंहको संगीत, स्वप्न सुमन, त्रिशला गुरुङ, सन्देश पाठक र सागर संसार राईको आवाज तथा दिलिप ओखेडाको कोरियोग्राफी रहेको छ ।

Namaste Filmy

Read Previous

निर्देशक रोहित शेट्टी र अक्षय कुमारले सगै काम गर्दै चलचित्र ‘सुर्यवंशी’मा

Read Next

विवेक ओवराय नरेन्द्र मोदी बन्दै