सलमान खानको ‘भारत’ का लागि कट्रिनाले छोडिन ‘एबिसीडी ३’

बलिउड अभिनेत्री कट्रिना केफलाई बलिउड फिल्म उद्योगमा सलमान खानले स्थापित गराएका हुन् ।एक समयमा सलमान र कट्रिना पे्रम सम्बन्धमा समेत थिए । तर बीचमा अभिनेता सलमान खानलाई छोडेर रणबिर कपूरको प्रेमिका बनेकी कट्रिना रणबिरसँग ब्रेकअप भएपछि सलमान खानकहाँ फर्किएकी छिन् ।

हिजोआज कट्रिना आफ्ना हरेका निर्णय सलमान खानसँग सल्लाह लिएर मात्रै गर्ने गर्छिन् । 


अहिले सार्बजनिक खबरहरुका अनुसार अभिनेत्री कट्रिना केफले सलमान खानका लागि यसअघि साइन गरिसकेको फिल्म ‘एबिसीडी ३’ बाट हात झिेकेकी छिन् ।चर्चित कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजाको डान्समा आधारित फिल्म ‘एबिसीडी’को तेस्रो संस्करणमा अभिनेता बरुण धवन मुख्य भूमिकामा हुनेछन् ।

यस फिल्ममा बरुणका साथमा कट्रिनाको समेत प्रमुख भूमिका रहने बताइए पनि यस फिल्मबाट कट्रिना केफ अचानक बाहिरिएपछि यो चर्चाको विषय बनेको छ ।

कट्रिना केफले रेमो डिसुजाको फिल्म ‘एबिसीडी ३’ सलमान खानको ‘भारत’ का लागि छोडेकी हुन् । फिल्म ‘भारत’ को छायाँकनमा व्यस्त भएका कारण कट्रिनाले यो निर्णय लिएको बताइएको छ । कट्रिनाले आफू यस फिल्मलाई समय दिन नसक्ने भन्दै फिल्मबाट बाहिरिने निर्णय लिँदै ‘एबीसीडी ३’ को सफलताको शुभकामना दिएकी छिन् ।

धरुण धवनको मुख्य भूमिका रहने फिल्म ‘एबीसीडी ३’ मा भारतका चर्चित कोरियोग्राफर प्रभु देवा, डान्सर धर्मेश, राघव जुयाल र पुनीत पाठक पनि मुख्य भूमिकामा देखिनेछन ।

Namaste Filmy

Read Previous

विवेक ओवराय नरेन्द्र मोदी बन्दै

Read Next

बलिउडका अभिनेता एवं हास्यकलाकार कादर खानको निधन