शिव परियारको स्वरमा चलचित्र ‘गोपी’को दोस्रो गीत सार्वजनिक (भिडियो)

माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गोपी’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।सोमबार काठमाडौंमा एक कार्यक्रको आयोजना गरि निर्माण टिमले ‘तेरो आफ्नो…..’ बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा चर्चित गायक शिव परियारको स्वर रहेको छ भने कल्याण सिंहको संगीत र विप्लप प्रतिकको शब्द रहेको छ ।

गाई पालक किसानको कथामा आधारित चलचित्र ‘गोपी’ दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । उनले निर्देशन गरेको पहिलो चलचित्र ‘घामपानी’ले समिक्षक तथा मिडियाबाट सकारात्मक प्रतिक्रिया पाएको थियो ।

चलचित्रमा बिपिन, बर्षा र सुरक्षाको अलावा भोला सापकोटा, अन्कित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमली आदिको पनि अभिनय रहेको छ ।

सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा शैलेन्द्र डि कार्कीले छायांकन र निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।चलचित्रलाई आरोही केसीले निर्माण गरेकी हुन् ।

Namaste Filmy

Read Previous

बलिउडका अभिनेता एवं हास्यकलाकार कादर खानको निधन

Read Next

कादर खानको निधनको खबर सत्य नभएको छोरा सरफराजको भनाई