
आज बिहान नमस्ते फिल्मी डट कम मा हामी प्रकासित गरेको “बलिउडका अभिनेता एवं हास्यकलाकार कादर खानको निधन” गलत भएको छ । भारतका चर्चित अनलाईन देखि भारतीय मिडियामा आएको समाचारलाई स्रोता मान्दै हामीले उक्त समाचार प्रकासित गरेका थियौ ।
यस्तो छ कारण :
बलिउड कलाकार कादर खानको निधनको खबर फैलिएपछि उनका प्रशंसक शोकमा डुबेका थिए। तर कादर खानको निधनको खबर सत्य नभएर अफवाह हो। उनका छोरा सरफराजले बुवाको निधन भएको खबरको खण्डन गर्दै आफ्ना बुवाको अस्पतालमा उपचार भइरहेको जनाएका छन।
खानको क्यानडामा उपचार भइरहेको छ। ‘यो खबरमा सत्यता छैन। यो फर्जी र अफवाह मानै हो, मेरा बुवा अस्पतालमा हुनुहुन्छ।’ ८१ वर्षीय कादर खानलाई श्वास लिन समस्या भएपछि बाइपाइप भेन्टिलेटरमा राखिएको छ। आइतबार राति सामाजिक संजालमा कादर खानको निधन भएको अफवाह फैलिएको थियो।
सामाजिक संजालमा कादर खानको निधन भएको हल्ला मच्चिएपछि भारतको सरकारी रेडियो अल इण्डियाको आधिकारिक ट्विटर ह्याण्डलबाट उनको निधन भएको ट्विट गरिएको थियो। यद्यपी कादर खानको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ।

